काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपालको शान्ति क्षेत्र प्रस्तावलाई पुनर्जीवित गर्ने घोषणा गरेको छ ।
Advertisement
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सोमबार चुनावी घोषणा पत्र सार्वजनिक गरेको राप्रपाले नेपालको शान्ति क्षेत्र प्रस्तावलाई पुनर्जीवित गर्ने उल्लेख गरेको हो ।
परराष्ट्र नीतिमा सबैको मित्रता स्वीकार गर्ने, तर हस्तक्षेप अस्वीकार गर्ने बताएको राप्रपाले असंलग्न र पञ्चशीलमा आधारित परराष्ट्र नीति अवलम्बन गर्ने घोषणा पत्रमा उल्लेख छ ।
राप्रपाले नेपालको भूभाग कसैका विरुद्ध प्रयोग हुन नदिने, सबै असमान सन्धि सम्झौता तथा सीमा विवादलाई कूटनीतिक माध्यमबबाट टुंगो लगाउने आफ्नो चुनावी घोषणा पत्रमा उल्लेख गरेको छ ।