• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, भदौ २७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

उत्तरी अफगानिस्तानमा सडक दुर्घटनामा ४ जनाको मृत्यु, ६ जना घाइते

नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

कङ्गोको विद्यालयमा आगलागी, मृतकको सङ्ख्या २६ पुग्यो : युनिसेफ

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता

पाकिस्तानको कराचीमा विद्यालयको पर्खाल भत्किदा पाँच जनाको मृत्यु

फिलिपिन्समा फेरीमा भीषण आगलागीः मृतकको सङ्ख्या ३५ पुग्यो, ५४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

कञ्चनपुरका किसानलाई धान काट्न चटारो

    Avatar photo
शुक्रबार, कार्तिक ०४, २०७९ मा प्रकाशित

कञ्चनपुर । जिल्लामा किसान धान भित्र्याउनमा व्यस्त छन् । खेतमा लगाएको बाली तयार भएपछि काटेर भित्र्याउन उनीहरु जुटेका हुन् ।

Advertisement

‘धान पाकिसक्यो, वर्षाले भिजाउला कि भन्ने पिरले धान काटेर भित्र्याइरहेका छौँ,’ कृष्णपुर नगरपालिका ७ का किसान मोहन भट्टले भने, ‘पानीले अब क्षति नगरेमा बाला राम्रै लागेको छ, किरा पनि नलागेकाले यस वर्ष उब्जाउ विगतभन्दा राम्रै हुन्छ ।’

कञ्चनपुरमा उन्नत जातका बिउको प्रयोग र समयमै भएको वर्षाका कारण यस वर्ष धान उत्पादन वृद्धि हुने अनुमान गरिएको छ । ‘गत वर्षभन्दा यस वर्ष धानको उत्पादनमा २५ देखि ३० प्रतिशतले वृद्धि हुने अनुमान गरेका छौँ,’ कृषि ज्ञानकेन्द्रका सूचना अधिकारी हरिदत्त जोशीले भने, ‘यसपटक नयाँ जातको बीउको प्रयोग र समयमै वर्षा भएकाले पर्याप्त सिँचाइ पुगेको छ, त्यसैले धानको उत्पादन बढ्ने अनुमान गरेका छौँ ।’

दुई-तीन वर्षको अन्तरालमा धानको बीउ बदलेर खेती गरेमा उत्पादन वृद्धि हुने गरेको उनले बताए । ‘विगतमा चार पाँच वर्षसम्म एउटै बिउ लगाउने गरिन्थ्यो, अहिले कृषकमा नियमित रूपमा उन्नत जातको बिउ प्रयोग गर्ने क्रम बढेको छ,’ उनले भने, ‘यसले किरा लाग्न दिँदैन, त्यसले गर्दा बीउ बदलेर खेती गर्दा २० देखि २५ प्रतिशत उत्पादन बढ्छ ।’

उक्त केन्द्रका अनुसार केही वर्षयता उन्नत जातको बिउको प्रयोग बढेको छ । अहिले कृषकले हर्दिनाथ, सुक्खाको एकदेखि चारसम्म, राधा चार, साँवा मन्सुलीलगायत उन्नत जातका बिउ प्रयोग गरिरहेका छन् ।

गत वर्ष कात्तिकमा आएको बाढीले कञ्चनपुरमा धान बालीमा ठूलो क्षति गरेकाले गत वर्ष दुई दशमलव पाँच मेट्रिकटन प्रतिहेक्टर अर्थात् एक लाख २१ हजार दुई सय ४० मेट्रिकटन मात्रै धान उत्पादन भएको थियो ।

‘अहिले गत वर्षको जस्तो बाढी र वर्षाले धानमा क्षति पुर्याएको छैन, करिब पाँच सात प्रतिशत धानमा मात्रै क्षति पुगेको छ, पूर्वसूचनाले किसानले यसपटक धान काटेनन्,’ सूचना अधिकारी जोशीले भने, ‘बेलौरी, लालझाडीतिर बढी क्षति छ, तर गत वर्षभन्दा धान उत्पादन बढ्छ ।’

यस वर्ष कञ्चनपुरमा तीन दशमलव पाँच मेट्रिकटन प्रतिहेक्टर धान उत्पादन हुने कृषि ज्ञान केन्द्रको अनुमान छ । यस वर्ष किसानले मलखाद पनि समयमै पाएको सूचना अधिकारी जोशीको जिकिर छ ।

विं.सं. २०७७ मा कञ्चनपुरमा धानको उत्पादन तीन दशमलव नौ मेट्रिकटन प्रतिहेक्टर थियो । कञ्चनपुरको बेलौरी, पुर्नर्वास, भिमदत्त, बेदकोट, कृष्णपुर, शुक्लाफाँटा, बेलडाँडी, दोधारा चाँदनी, लालझाडीलगायत क्षेत्रमा गरेर ४८ हजार ४९६ हेक्टर जमिनमा धान खेती गरिन्छ ।

  • किसान
शुक्रबार, कार्तिक ०४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी
डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य
उत्तरी अफगानिस्तानमा सडक दुर्घटनामा ४ जनाको मृत्यु, ६ जना घाइते
नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण
झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !
कङ्गोको विद्यालयमा आगलागी, मृतकको सङ्ख्या २६ पुग्यो : युनिसेफ

भर्खरै

  • १.
    सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

  • २.
    डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३.
    उत्तरी अफगानिस्तानमा सडक दुर्घटनामा ४ जनाको मृत्यु, ६ जना घाइते

  • ४.
    नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

  • ५.
    झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ६.
    कङ्गोको विद्यालयमा आगलागी, मृतकको सङ्ख्या २६ पुग्यो : युनिसेफ

  • ७.
    ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता

  • ८.
    पाकिस्तानको कराचीमा विद्यालयको पर्खाल भत्किदा पाँच जनाको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.