काठमाडौँ । भारतको रुद्रप्रयागको केदारनाथदेखि दुई किलोमिटरको दुरीमा एक निजी कम्पनीको हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा पाइलटसहित ६ जनाको मृत्यु भएको छ ।
Advertisement
पथबाट उडेको हेलिकप्टर गरुडछट्टी नजिकै दुर्घटना भएको हो । त्यसमा भक्तजन थिए । हेलिकप्टर निजी कम्पनी आर्यन हेलीको रहेको बताइएको छ ।
यो उत्तरकाशीको कम्पनी हो । यसले केदारनाथमा दर्शनका लागि भक्तहरूलाई टुर प्याकेज दिँदै आएको थियो । खराब मौसमका कारण दुर्घटना भएको समाचारमा जनाइएको छ ।