काठमाडौँ । एक अनुसन्धानका अनुसार महिलाको दिमाग पुरुषको भन्दा शक्तिशाली हुने देखिएको छ । महिलामा ५० वर्ष पुग्दा पनि शब्द सम्झने क्षमता हुन्छ ।
उनीहरुको दिमाग पुरुषको तुलनामा बढी सक्रिय हुने अनुसन्धानले देखाएको छ । नर्वेको बर्गेन विश्वविद्यालयमा गरिएको उक्त अनुसन्धानमा यो खुलासा भएको हो ।
अनुसन्धानका लागि टोलीले विगत केही वर्षदेखि पुरुष र महिलाको मानसिक क्षमताको तथ्यांक संकलन गरेको थियो ।
यसको मेटा विश्लेषणमा तीन लाख ५० हजार हजारभन्दा बढी सहभागीको डाटा लिइएको थियो । अहिलेसम्मको यो सबैभन्दा ठूलो डाटा रिसर्चमा महिलामा धारा प्रवाह बोल्ने क्षमता बढी रहेको खुलासा भएको छ ।
बौद्धिक सीपमा पुरुष र महिलाबीच कुनै भिन्नता छैन ।
महिलाको स्मरण शक्ति पनि पुरुषको तुलनामा राम्रो हुन्छ । महिलाहरू निश्चित अक्षर वा वर्गबाट सुरु हुने नाम र शब्दहरू खोज्न र सम्झनमा राम्रो हुन्छन् ।
अन्वेषक मार्को हिर्सटाइनले बौद्धिक सीपको हिसाबले महिला र पुरुषबीच कुनै भिन्नता नभएको विश्वास व्यक्त गरेका छन् ।
महिलाको मस्तिष्कको कोर्टेक्स र लिम्बिक प्रणालीमा रगतको प्रवाह बढी हुन्छ । तरल पदार्थको मात्रा पनि बढी हुन्छ । जसले उनको मस्तिष्क पुरुषको तुलनामा बढी सक्रिय हुन्छ ।