खाँदबारी- प्रतिनिधिसभातर्फ गठबन्धनका साझा उम्मेदवार तथा कांग्रेस संखुवासभा सभापति दीपक खड्काले मनकामना मन्दिरमा पूजाआजापछि चुनावी अभियान शुरु गरेका छन्।
Advertisement
अरुण नदी किनारस्थित मनकामना मन्दिरमा कांग्रेसका जिल्लाका वरिष्ठ नेताहरू सहित पुगेर खड्काले पूजाअर्चना गरेका हुन्।
पूर्वसांसद टंक राई, कांग्रेस नेतृ विना पौडेललगायत नेता कार्यकर्ता मन्दिर पुगेका थिए।
त्यसअघि तुम्लिङटार विमानस्थलमा खड्कालाई जिल्लास्थित नेता-कार्यकर्ताले भव्य स्वागत गरेका थिए।