खाँदबारी- संखुवासभामा प्रतिनिधिसभातर्फ कांग्रेस जिल्ला सभापति तथा पूर्वमन्त्री दीपक खड्काले टिकट पाएका छन्।
Advertisement
संखुवासभामा प्रतिनिधिसभातर्फ एउटा सिट छ। उक्त सिट सत्ता गठबन्धनअन्तर्गत कांग्रेसको भागमा परेको छ। खड्का संखुवासभाका लोकप्रिय युवा नेता हुन्।
उनले संविधानसभाको ०७० सालको निर्वाचनमा तत्कालीन संखुवासभा क्षेत्र नम्बर २ बाट निर्वाचित भएर खानेपानी राज्यमन्त्रीसमेत बनेका थिए।
आफ्नो कार्यकालमा जिल्लाको विकासमा अभूतपूर्व योगदान दिएका खड्काले यसपटक पनि जिल्लाकै समुन्नति र सर्वांगिण विकासलाई मुख्य चुनावी एजेन्डा बनाएका छन्।