काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसको धम्कीबाट नडराउने चेतावनी दिएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका ओगटेको क्षेत्रलाई रुसमा गाभेको घोषणापछि बाइडेनको चेतावनी आएको हो ।
Advertisement
पुटिनले नयाँ कब्जा गरिएका क्षेत्रहरूको रक्षा गर्न आणविक हतियार प्रयोग गर्ने धम्की दिएका थिए । उनले ती क्षेत्रहरू ‘सदाका लागि’ रूसको हिस्सा हुने घोषणा गरेका थिए ।
नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले विलयलाई ‘युद्ध सुरु भएयताकै सबैभन्दा गम्भीर खतरा’ भनेका छन् । एक भाषणमा, रूसी नेताले दाबी गरे कि खेर्सन, जापोरिझ्झिया, लुहान्स्क र दोनेत्स्कका नागरिकहरूले ‘आफ्ना जनता, आफ्नो मातृभूमि’सँग मतदान गरेका बताए ।
उनले हालैका दिनमा विभिन्न क्षेत्रमा आयोजित तथाकथित जनमत संग्रहलाई संकेत गरेका थिए । तर, युक्रेन र पश्चिमी सरकारले मतदानलाई झुटो भनी निन्दा गरेका छन् ।