काठमाडौं- बेलायतको नयाँ प्रधानमन्त्रीमा कन्जरभेटिभ पार्टीकी नेतृ लिज ट्रस नियुक्त हुने पक्का भएको छ।
Advertisement
उनी सोमबार पार्टीको नेतामा निर्वाचित भएपछि प्रधानमन्त्री बन्ने पक्का भएको हो। बेलायतमा प्रधानमन्त्री बन्ने उनी तेस्री महिला हुने भएकी छन्।
यसअघि मार्गरेट थ्याचर र थेरेसा मे प्रधानमन्त्री बनिसकेका छन्। भारतीय मुलका ऋषि सुनकलाई पराजित गर्दै ट्रस पार्टी नेतामा निर्वाचित भएकी हुन्।