काठमाडौँ । तपाई टेलिभिजन प्रसारणमा लाइभ हुनुहुन्छ भने तपाईलाई हुन सक्ने सबैभन्दा खराब कुरा के हो ? अचानक आउने खोकी, हाँच्छ्यु इत्यादि ।
तर, क्यानाडाको ग्लोबल न्युजकी एक समाचार बाचिकाका लागि भने अनौठो समस्या परेको छ । फराह नासेरले समाचार भन्दै गर्दा मुखमा झिंगा परेको छ ।
भिडियोमा समाचार बाचिकाले एकैछिन समाचार रोकेको र मुख बिगारेर त्यसलाई निलेपछि पुनः वाचन सुरु गरेको देखिन्छ ।
झिंगा निल्नु परेकोमा आफूलाई हाँसो लागेको उनले बताएकी छन् । उनले अगष्टको सुरुमा ओन्टारियोका प्रिमियर डग फोर्डले जनतालाई सम्बोधन गर्ने क्रममा झिंगा निलेको प्रसंगलाई पनि उल्लेख गरेकी छन् ।
ट्वीटरमा सेयर गरिएको भिडियोमा टोर्नोटोकी पत्रकारले लेखेकी छिन्, ‘हामी सबैलाई आजकल हाँस्न आवश्यक छ । यो डग फोर्ड मात्र होइन, मैले आज लाइभ प्रसारणमै झिंगा निले ।’
उनले हालै पाकिस्तानमा आएको बाढी र त्यसले पुर्याएको क्षतिबारे समाचार बाचन गरिरहँदा मुखभित्र झिंगा पसेको थियो । झिंगा निल्दा उनलाई असहज महसुस भएको थियो ।
उक्त घटनाबारे एक अन्तर्वातामा उनले भनेकी छन्, ‘मेरो घाँटीभित्र झिंगा छट्पट्याइ रहेको थियो, त्यसलाई निल्न मलाई असहज भएको थियो ।’
Grateful to already have a Murrow but not for eating a fly https://t.co/dsh9aV79ki
— Farah Nasser (@FarahNasser) September 1, 2022