कागमाडौँ । फिलिपिन्समा कोरोनाको संक्रमण बढेको बताइएको छ । पछिल्लो २४ घण्टाको समयावधिमा कम्तीमा पनि ४९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
Advertisement
यहाँका स्वास्थ्य अधिकारीले दिएको जानकारीअनुसार आइतबार मात्र तीन हजार ६४३ जनामा कोरोना संक्रमण भएको छ । फिलिपिन्सको स्वास्थ्य विभागले दिएको जानकारीअनुसार यहाँ पछिल्ला केही हप्तामा कोभिडको सङ्क्रमण बढ्दो देखिएको छ ।
यस्तै, कम्तीमा ३५ हजार जना सक्रिय सङ्क्रमित रहेका छन् । यहाँ एकै दिन गएको जनवरी १५ मात्र ३९ हजारभन्दा बढीमा सङ्क्रमण रहेको थियो । त्यसका तुलनामा पछिल्लो समयमा यहाँ सङ्क्रमित घटे पनि केही हप्तायता भने सङ्क्रमण बढ्दै गएको देखिएको स्वास्थ्य अधिकारीले जनाएका छन् ।