काठमाडौँ । टर्कीमा एउटा दुःखद तर अनौठो दुर्घटना भएको छ । देशको गजियनटाप सहरमा शनिबार एउटा कार पल्टिएर चार जना घाइते भएका थिए ।
Advertisement
एम्बुलेन्स र प्रहरी टोली घटनास्थल पुगेर घाइते भएका चार जनाको उद्धार गरी अस्पताल लैजाने भइरहेको थियो । घटना वरपर धेरै मानिस जम्मा भएका थिए ।
यसैबीच, अर्को भयानक दुर्घटना भएको छ । समाचार जनाइएअनुसार पुलिस र डाक्टरको टोलीले कारमा रहेका घाइते मानिसको उद्धार गरिरहँदा बस दुर्घटना भएको हो ।
तीव्र गतिमा आएको बस मान्छेको भिडमाथि कुदेपछि थप दर्जनौँ मानिसको मृृत्यु भएको छ । बस अनियन्त्रित भई दुर्घटना हुँदा ३४ जनाको घटनास्थलमै मृत्यु भएको हो । बस मानिसको भिडमाथि कुदेको थियो । घटनामा अन्य २९ जना घाइते भएको बताइएको छ । एजेन्सी