काठमाडौँ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन कोरोना भाइरस संक्रमण भएको छ । उनकी बहिनी किम यो जोङले दाजु किमलाई कोरोना पुष्टि भएको खुलासा गरेकी हुन् ।
Advertisement
उत्तर कोरियामा कोरोना फैलनुमा जोङले दक्षिण कोरियालाई दोष दिएकी छन् । तर, दक्षिण कोरियाले उक्त दाबी निराधार भएको बताएको छ ।
उत्तर कोरियाले महामारीको सुरुवाती दिनमा ज्वरोको महामारी फैलिएको बताएको थियो । ती दिनहरूमा उसले परीक्षण गरेको थिएन् ।उत्तर कोरियामा सुरुमा मे महिनामा महामारी फैलिएको थियो ।