काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पकोको फ्लोरिडास्थित घरमा छापा मारिएको छ । ट्रम्प आफैले फ्लोरिडास्थित आफ्नो घरमा एफबीआईले छापा मारेको बताएका हुन् ।
Advertisement
ट्रम्पले ठूलो संख्यामा एफबीआई एजेण्टले आफूलाई समेत नियन्त्रणमा लिएको बताएका छन् । बीबीसीका अमेरिकी पार्टनर सीबीएस न्यूजको रिपोर्टअनुसार एफबीआईले ट्रम्प राष्ट्रपति हुँदा सरकारी दस्तावेज जाँच गर्नका लागि छापा मारिएको हो ।
पछिल्ला वर्षहरूमा अमेरिकी क्यापिटलमा भएको हिंसालाई लिएर ट्रम्पमाथि एक संसदीय जाँच भइरहेको छ ।