काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेसका शीर्ष नेताको बैठक सुरु भएको छ । आगामी मंसिरमा हुने संघ र प्रदेशसभा निर्वाचनका लागि सत्तारुढ दलबीच तालमेल गर्ने निर्णय भएसँगै पहिलोपटक पार्टीका शीर्ष नेतको बैठक बसेको हो ।
Advertisement
बैठकमा पदाधिकारी तथा पूर्वपदाधिकारी सहभागी छन् । कार्यदलको बैठक बस्नुअघि पार्टीले आफ्नो धारणा तय गर्नका लागि शीर्ष तहका नेताको बैठक बसेको हो । कार्यदलको बैठक आजै दिउँसो तीन बजे बस्ने भएको छ ।