काठमाडौँ । अमेरिकाको केन्टुकी राज्यमा बाढीमा परी ज्यान गुमाउनेको संख्या ३७ पुगेको छ । बाढीमा हराइरहेका मानिसको खोजी भइरहेको छ ।
Advertisement
बाढीको पानीले पुल र डुबानमा परेका केही गाउँ बगाएको छ । बाढीबाट मृत्यु हुनेको संख्या ३७ पुगेको केन्टुकीका गर्भनर एन्डी विसियरले पुष्टि गरे । बाढीमा अझै केही हराइरहकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ ।
बाढीले १२ हजारभन्दा बढी मानिस विद्युतविहीन भएका छन् । कम्तीमा तीन सय जना विभिन्न आश्रयमा बसेका सीबीएस न्युजले जनाएको छ । बाढीका कारण राजमार्ग बगाउनुका साथै पुल भत्काएको छ ।