काठमाडौँ । भ्रष्टाचारको आरोप लागेसँगै भारतको पश्चिम बंगालका मन्त्रीलाई मन्त्रिपरिषद्बाट निष्कासन गरिएको छ । मुख्यमन्त्री ममता ब्यानर्जीले मन्त्री पार्थ चटर्जीलाई मन्त्रिपरिषद्बाट हटाएकी हुन् ।
तृणमूल कांग्रेसले यसअघि पार्थ दोषी ठहर भएपछि मात्रै कारबाही गर्ने बताउँदै आएको थियो । उनले शिक्षक भर्ती ठूलो घोटाला गरेको भन्दै मन्त्रीबाट हटाएको हो ।
समाचार एजेन्सी पीटीआईका अनुसार पार्थ चटर्जीका सहयोगी अर्पिता मुखर्जीको घरबाट २५ करोड भारतीय रुपियाँ (४० करोड रुपैयाँ) बरामद गरेसँगै उनीहरूलाई पक्राउ गरिएको हो ।
शिक्षक भर्नामा भएको भ्रष्टाचार अनुसन्धानका क्रममा अर्पिताको घरमा निर्देशनालयको टोलीले छापा मारेको थियो । बरामद भएको रकम एसएससी हिनामिनाको अपराधसँग सम्बन्धित हुन सक्ने निर्देशनालयका अधिकारीको आशंका छ ।
पार्थ पश्चिम बंगाल सरकारमा उद्योग तथा वाणिज्य मन्त्री थिए ।