काठमाडौं– बलिउड अभिनेता रणवीर सिंहको बोल्ड फोटोसुटका कारण सामाजिक सञ्जालमा तहल्का मच्चिएको छ।
Advertisement
तस्बिर सार्वजनिक भएदेखि नै सामाजिक सञ्जालमा मानिसहरूले अभिनेतालाई ट्रोल गरिरहेका छन् भने सेलिब्रेटीहरूले विभिन्न तर्क दिएर उनको बचाउ गर्ने प्रयास गरिरहेका छन्।
बोल्ड फोटोसुटका कारण सोमबार उनीविरुद्ध पुलिसमा उजुरी दर्ता गरिएको छ। अभिनेता सिंहले अमेरिकाको पेपर म्यागजिनमा बोल्ड फोटोसुट गराएका थिए।
गैरसरकारी संस्था चलाउने ललित श्यामले मुम्बईको चेम्बुर पुलिस स्टेसनमा अभिनेताविरुद्ध उजुरी दर्ता गरेका हुन्।
मिडिया रिपोर्टका अनुसार आइपिसीको धारा २९२ अन्तर्गत ५ वर्ष र धारा २९३ अन्तर्गत ३ वर्षको जेल सजायको प्रावधान छ। आरोप प्रमाणित भए रणवीर सिंहलाई कम्तीमा ५ वर्षको जेल सजाय हुनसक्छ।