काठमाडौँ । पाल्पामा भएको बस दुर्घटनामा मृतक सबै जनाको पहिचान खुलेको छ । बागलुङ बुर्तिवाङबाट बुटवलका लागि छुटेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दिकोट गाउँपालिका २ लघुवामा दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको मृत्यु भएको थियो ।
मृत्यु हुनेमा गुल्मी चन्द्रकोट गाउँपालिका ८ मझुवा बस्ने १५ वर्षीय प्रवेश काफ्ले, वडा नं ७ बस्ने ४० वर्षीय लालबहादुर राना कुमाल, रुपन्देही देवदह नगरपालिका ७ बस्ने ८७ वर्षीय डिलसरी कामी, कपिलवस्तु वाणगंगा नगरपालिका २ बस्ने ४५ वर्षीय सुरज भन्ने यज्ञबहादुर सोमै, नवलपरासी बर्दघाट नगरपालिका ५ बस्ने २४ वर्षीय पूर्णिमा कामी, बाग्लुङ बडिगार्ड गाउँपालिका १० बस्ने ५५ वर्षीय यमकली थापा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
दुर्घटनामा १६ घाइते भएका छन् । घाइतेको युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । बसमा २२ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।
आइतबार साँझ करिब ५ बजे बस दुर्घटना भएको हो । बस सडकदेखि करिब ६० मिटर तल बस खसेको थियो । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको छ । सो सडक खण्डमा पटकपटक सवारी साधन दुर्घटना हुने गरेको छ ।