नयाँदिल्ली- विपक्षी गठबन्धनका यशवन्त सिन्हालाई पराजित गर्दै द्रौपदी मुर्मू भारतको राष्ट्रपति निर्वाचित भएकी छन्।
सत्तारुढ एनडीए गठबन्धनकी उम्मेदवार तथा आदिवासी नेतृ मुर्मूले भारतका वरिष्ठ राजनीतिज्ञ सिन्हालाई पराजित गरेकी हुन्। राष्ट्रपति निर्वाचित भएकामा बधाइ दिएका छन्। त्यसमध्ये पाँच लाख ४३ हजार २१६ मत मूल्य आवश्यक हुन्छ, राष्ट्रपति निर्वाचित हुन।
यससँगै द्रौपदी मुर्मू भारतको राष्ट्रपति निर्वाचित हुने पहिलो आदिवासी र दोस्री महिला बनेकी छन्। उनी उडिसाकी स्थायी बासिन्दा हुन्। यसअघि झारखण्डकी राज्यपालको जिम्मेवारी सम्हालिसकेकी छन्। उनले २५ जुलाईमा राष्ट्रपतिको पद तथा गोपनीयताको सपथ लिने छिन्।
समाचार एजेन्सी एएनआईका अनुसार मुर्मूले पाँच लाख ७७ हजार ७७७ भन्दा बढी मूल्यबराबर भोट प्राप्त गरेकी छन्। उनका प्रतिद्वन्द्वी सिन्हाले मात्र दुई लाख ६१ हजार ६२ मूल्यबराबरको भोट मात्र पाएका छन्।