काठमाडौँ । सिन्धुपाल्चोक र सिन्धुलीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ६ मा २१ वर्षीय दिपक भण्डारीको करेन्ट लागेर मृत्यु भएको हो ।
Advertisement
त्रिवेणी ब्रमायणी कन्ट्रक्सन प्रालिको स्काभेटरकको बकेट उठाई डिजेल हाल्ने क्रममा बिजुलीको तारमा बकेटले छुँदा करेन्ट लागेर मृत्यु भएको हो ।
यस्तै, सिन्धुलीको दुधौली नगरपालिका ७ सिमराई बस्ने ३४ वर्षीया सबिना बिकको बुधबार करेन्ट लागेर मृत्यु भएको छ ।
बाटोमा लत्रिएको पुरानो तारमा छोएर करेन्ट लाग्दा उनी गम्भीर घाइते भएकी थिइन् । उनको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।