कोलम्बो- प्रधानमन्त्री रनिल बिक्रमासिंघे श्रीलंकाको राष्ट्रपति निर्वाचित भएका छन्।
Advertisement
निवर्तमान राष्ट्रपति गोटाबाया राजापाक्षे देश छाडेर भागेपछि उनी संवैधानिक व्यवस्थाअनुसार अन्तरिम राष्ट्रपति बनेका थिए।
नयाँ राष्ट्रपतिका लागि बुधबार श्रीलंकाको संसदमा भएको मतदानमा बिक्रमासिंघे निर्वाचित भएका हुन्। सदनमा उपस्थित २१९ सांसदमध्ये बिक्रमासिंघेले १३४ मत प्राप्त गरे। उनका प्रतिस्पर्धीमध्ये दलास अलाहपेरुमेले ८२ र अनुरा कुमारा दिसानायकेले तीन भोट प्राप्त गरे।