काठमाडौँ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको सुरक्षा निकाय (एसबीयू)का प्रमुख र महाअभियोजनकर्तालाई बर्खास्त गरेका छन् ।
Advertisement
दुई शक्तिशाली संगठनमा देशद्रोहका धेरै घटना भएको भन्दै राष्ट्रपतिले उनीहरूलाई बर्खास्त गरेका हुन् । उनले रुसी कब्जामा रहेका क्षेत्रमा ६० भन्दा बढी पूर्वकर्मचारी युक्रेनविरुद्ध काम गरेको आरोप लगाए ।
सुरक्षा निकायका अधिकारीमाथि राजद्रोहका कूल ६५१ मुद्दा लगाइएको बीबीसीले जनाएको छ । बर्खास्त गरिएका अधिकारी इभान बाकानोभ र इरिना भेनेडिक्तोभाले यसबारे कुनै टिप्पणी गरेका छैनन् ।
‘यी प्रत्येक प्रश्नले उचित जवाफ पाउने छ’, युक्रेनी राष्ट्रपतिले भने । बर्खास्तीमा परेकामध्ये एसबीयू प्रमुख इभान बाकानोभ जेलेन्स्कीका बाल्यकालका साथी हुन् ।