काठमाडौँ । चरम आर्थिक संकटका बीच राष्ट्रपति गोटाबाया राजापाक्षेका भाइ बासिल राजापाक्षे अमेरिका भाग्न खोजे पनि असफल भएका छन् । श्रीलंकाको विमानस्थलमा चलिरहेको आन्दोलनका कारण डरले उनी अमेरिका भाग्न असफल भएका हुन् ।
प्रदर्शनकारीले विमानस्थलमा अध्यागमन कर्मचारीको विरोध गरिरहेको देखेपछि बासिल फर्किएका हुन् । आर्थिक संकटले देश डुबेको अवस्थामा बासिलले अमेरिका जान सवा लाख श्रीलंकन रुपैयाँमा बिजनेश क्लासको चार वटा टिकट किनेका थिए ।
श्रीलंकामा जुलाई २० मा राष्ट्रपतिको निर्वाचन हुँदै छ । यसअघि गोटबायाले साउन १३ गते राजीनामा दिने छन् ।
भागेका राष्ट्रपति गोटाबाया देशमै
राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छाड्ने अड्कलबाजी भइरहेको छ । सभामुख महिन्दा यापाले यी अनुमानको खण्डन गरेका छन् । उनले गोटाबाया देशमै रहेको बताए ।
महिन्दा यापाले एक अन्तर्वार्तामा राष्ट्रपति गोटाबाया देश छाडेर भागेको बताएका छन् । तर, विवाद चर्किदै गएपछि उनले राष्ट्रपति देशमा रहेको भन्दै आफूले गल्तीले पहिलो अभिव्यक्ति दिएको बताएका छन् ।