काठमाडौँ । अमेरिकामा फेरि अर्को गोली काण्ड भएको छ । गोली प्रहारबाट तीन जनाको मृत्यु भएको छ । अरु दुई जना घाइते भएका छन् ।
Advertisement
देशको क्यालिफोर्नियामा आइतबार बिहान घटना भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै विभिन्न सञ्चार माध्यमले जनाएका छन् । स्थानीय समय अनुसार राति १२ः४५ बजे घटना भएको हो ।
आक्रमणकारीले चार पुरुष र एक महिलालाई गोली प्रहार गरेको थियो । तीमध्ये तीन पुरुषको मृत्यु भएको छ । घाइतेलाई स्थानीय अस्पतालमा उपचार गराइएको छ ।
अमेरिकामा गोली प्रहारका घटना निरन्तर हुन थालेका छन् । गोली प्रहारका घटना निरन्तर हुन थालेपछि बन्दुकसम्बन्धी विद्यमान कानुनलाई संशोधन गर्नुपर्ने आवाज बढ्दै गएको छ ।