काठमाडौँ । विश्वका धनाड्य इलोन मस्कले ट्विटर नकिन्ने भएका छन् । तर, ट्विटरका अध्यक्षले आफ्नो कम्पनी खरिदका लागि भएको ४४ अर्ब डलर बराबरको सम्झौता पूर्ण रूपमा लागु गराउन मस्कमाथि मुद्दा दायर गर्ने बताएका छन्।
Advertisement
टेस्लाका प्रमुख कार्यकारीसमेत रहेका मस्कले आफू उक्त सम्झौताबाट पछि हटेको घोषणा गरेका थिए । उनका वकिलले उक्त माइक्रोब्लगिङ् साइटले आफूले दाबी गरेजस्तै कुल प्रयोगकर्तामध्ये ५ प्रतिशतभन्दा कम स्प्याम रहेको भन्ने प्रमाण दिन अस्वीकार गरेको आरोप लगाएका छन् ।
मस्कले ट्विटर नकिन्ने घोषणा गरेसँगै ट्विटरको सेयर मूल्य ७ प्रतिशतले गिरावट आएको छ । प्रारम्भिक खरिद् सम्झौतामा त्यसलाई तोड्नु पर्ने अवस्था आए १ अर्ब डलर तिर्नुपर्ने सर्त राखिएको थियो ।
ट्विटरमा मस्को यसअघि नै ९ प्रतिशत शेयर रहेको छ ।