काठमाडौँ । धरान उपमहानगरका मेयर हर्क साम्पाङले आफू चढ्ने सरकारी गाडी बेच्ने निर्णय गरेका छन् । उनले बिहीबारको कार्यपालिकाको बैठकमा मेयरका लागि किनेको गाडी बेचेर रोलर किन्ने निर्णय पारित भएको जानकार दिएका हुन् ।
Advertisement
‘धरानका धेरै बाटो खाल्डाखुल्डीले बिग्रेको छ, नगरको आफ्नै रोलर भयो भने खाल्डाखुल्डी पुर्न काम लाग्छ भनेर यस्तो निर्णय भएको हो,’ उनले भने ।
उनी प्रायः आफ्नै मोटरसाइकल प्रयोग गर्दै आएका छन् । धरानबाहिर जानु परेमात्रै सरकारी गाडीको प्रयोग गर्दै आएका थिए ।