• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, भदौ २८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

इन्डोनेसियामा डुङ्गा डुब्दा छ जनाको मृत्यु, १३० बेपत्ता

स्रोत नखुलेको नगदसहित पक्राउ

जिप दुर्घटना अपडेडः मृतकको पहिचान खुल्यो

होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते

राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ

अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

लोकप्रिय समाचार

  • १. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • २. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

ब्रह्माण्डको कालो पदार्थको रहस्य अब समाधान हुन्छ ?


    Avatar photo
बिहिबार, असार २३, २०७९ मा प्रकाशित

काठमाडौँ । लार्ज ह्याड्रन कोलाइडरः के ब्रह्माण्डमा रहेको कालो पदार्थको रहस्य अब समाधान हुनेछ ? ब्रह्माण्डको सबैभन्दा ठूलो रहस्यमय मानिने यो एउटा पजललाई सायद अब वैज्ञानिकहरूले समाधान गर्न सक्ने छन् । द लार्ज ह्याड्रन कोलाइडरले मंगलबार ५ जुलाईबाट पूर्ण शक्तिमा काम गर्न थाल्दै छ ।

Advertisement

यदि, वैज्ञानिकले कालो पदार्थको रहस्य बुझ्न सक्षम भए भने लार्ज हार्डन कोलाइडरले ठूलो सफलता हासिल गरेको यो पहिलोपटक हुने छैन । यसअघि यसले हिग्स बोसोन पत्ता लगाएको थियो । जुन २१ औँ शताब्दीको सबैभन्दा ठूलो खोज थियो । यो वर्ष हिग्स बोसनको खोजको दशौं वार्षिकोत्सव हो ।

लामो यात्रा

बेलायती अणु भौतिकविद् डा. क्लारा नेलिस्ट यस टिमको अह्म हिस्सा हुन् । जुन कालो पदार्थको खोजीको लागि बनाइएको थियो । तर शीर्ष वैज्ञानिक बन्ने उनको यात्रा सजिलो रहेन । उनी भन्छिन्, ‘हाम्रो स्कूलमा फिजिक्सका शिक्षक पनि थिएनन् ।’

उनले ए लेवलको लागि त्यहाँ फिजिक्स अध्ययन गर्न पाइनन् । र, पनि वैज्ञानिक बन्ने सपना पूरा गर्नका लागि अन्तै जानु परेको थियो । भन्छिन्, ‘फिजिक्स पढ्नका लागि मैले दुई दिन लामो यात्रा गर्नु परेको थियो । मेरा लागि प्र्रि–विश्वविद्यालय परीक्षाको प्रश्नपत्र तयार गरियो र आफ्नो स्कूलमा बसेर उक्त परीक्षा दिनु परेको थियो ।’

अनेक बाधालाई चिर्दै क्लारा छिट्टै अगाडिको पढाइका लागि म्यानचेस्टर विश्वविद्यालयमा पुगिन् । यहाँ उनले आफ्नो पिएचडीको लागि रिसर्च गरिन् । उनले एलएचसीसम्बन्धी प्रयोगमा काम थालिन् ।

जब हिग्स बोसोनको खोज भयो

हिग्स बोसोनको बारेमा पहिलोपटक सन् २०१२ मा प्रसिद्ध घोषणा हुनेबेला क्लारा सर्नमै थिइन् । उनी भन्छिन्, ‘भर्खरै पत्ता लागेको कणको घोषणा गर्न लागेको ऐतिहासिक क्षणको साक्षीका लागि ओडिटोरियममा सिट पाउनका लागि बाहिरै सुतेँ । टिमले भने कि उनले नयाँ कण पत्ता लगाएका छन् र यसको घोषणा गर्दैछन् । यस खोजले मलाई यस टिममा काम गर्न प्रेरित गरेको छ ।’

वास्तवमा हिगस बोसोनको खोजले पूरै दुनियाँमा चर्चा बटुलेको थियो । क्लारा भन्छिन्, ‘हिग्स बोसोन वास्तवमा एक विशेष कण हो । किनभने प्रारम्भिक कणहरूले आफ्नो द्रव्यमान प्राप्त गर्ने तरिका यससँग सम्बन्धित छ । जब यी कणहरू हिग्स क्षेत्रमा एकअर्कासँग सम्पर्कमा आउँछन्, तिनीहरूले द्रव्यमान प्राप्त गर्छन् । हिग्स बोसोन त्यो हो, जुन हामीले हिग्स क्षेत्रको अस्तित्व देखाउन प्रयोगमा पत्ता लगाउन सक्छौं ।’

वास्तवमा हिग्स फिल्ड एउटा ऊर्जा क्षेत्र हो । जसले इलेक्ट्रोन र क्वार्क जस्ता अन्य आधारभूत कणहरूलाई द्रव्यमान दिन्छ । हिग्स बोसनलाई भगवान कण भनिएको छ । किनभने द्रव्यमान प्राप्त गर्ने प्रक्रिया बिग ब्याङ्गसँग जोडिएको छ । वर्तमान ब्रह्माण्डको अस्तित्व बिग ब्याङ्गबाट आएको मानिन्छ ।

क्लारा भन्छिन्, ‘पछिल्ला केही वर्षहरु हाम्रा लागि रोमाञ्चित रहे । किनभने हामीले हाम्रा दुबै एक्सेलेटरहरू मर्मत र प्रयोगहरूमा अपग्रेड गरिरहेका थियौं ।’

यो अपग्रेडको अर्थ हो, यो अझ शक्तिशाली हुनेछ । अर्थात्, अब धेरै कणहरू एकअर्कासँग टक्कर हुने छन् र तिनीहरूमा अधिक घर्षण हुनेछ । यसको अर्थ विश्लेषणको लागि थप डाटा उपलब्ध हुनेछ ।

एलएचसीले अविश्वसनीय रूपमा ठूलो मात्रामा ऊर्जा प्रयोग गर्दछ । एक वर्षमा सर्नले एउटा सानो शहर जत्तिकै बिजुली खपत गर्छ । अर्थात् एक वर्षमा तीन लाख घरमा खपत हुने बिजुली सर्नमा खर्च हुन्छ ।

यो ऊर्जा को केहि प्रोटोन को गति बढाउन को लागी प्रयोग गरिन्छ । यो प्रयास यसको गतिलाई लगभग प्रकाशको गतिमा बढाउनको लागि गरिन्छ । जब यो ठोक्किन्छ, यो सानो कणहरूमा विभाजित हुन्छ ।

रहस्यमयी कालो पदार्थ

क्लारा भन्छिन्, ‘सर्नमा हामीलाई विश्वास छ कि यसले सबै डाटा कालो पदार्थको रहस्य खोल्न सहयोगी सावित हुनेछ ।’

क्लाराका अनुसार हाम्रो ब्रह्माण्डको ८० देखि ८५ प्रतिशतभन्दा बढी भाग अँध्यारो पदार्थले बनेको छ । प्रकाशसँग अन्र्तक्रिया नगर्ने भएकाले यसलाई डार्क म्याटर भनिन्छ । त्यसकारण हामी यसलाई देख्न सक्दैनौं ।

सबैभन्दा रोचक कुरा के छ भने, हामीलाई थाहा छैन वास्तवमा यो के हो ? वैज्ञानिकहरूले अहिलेसम्म कालो पदार्थको बारेमा अप्रत्यक्ष प्रमाण मात्र परीक्षण गरेका छन् । प्रत्यक्ष रूपमा, यसको कुनै निश्चित खोज अहिलेसम्म भएको छैन, अझै पनि यो कण रहस्यको आवरणमा बेरिएको छ ।

कालो पदार्थका बारेमा अलग–अलग भनाइ

वास्तवमा यो कण कस्तो हुनसक्छ । यससाग सम्बन्धित धेरै मत छन् । वैज्ञानिकहरुले रुचाइएको थ्योरीमध्ये एक हो ‘विक्ली इन्टरएक्टिभ म्यासिभ पार्टिकल’ ।
क्लारा भन्छिन्, ‘कालो पदार्थ अझैपनि एक ठूलो रहस्यका रुपमा छ । यो हाम्रो प्रयोगको लागि तयार भएनभएनको अझै हेर्न बाँकी छ ।

वैज्ञानिकहरूका लागि ब्रह्माण्ड एउटा रहस्य बनेको छ । जुन निरन्तर अल्झिएको नै छ । हामीलाई अझै थाहा छैन, वास्तवमा यो सबैभन्दा बढी कुन वस्तुले बनेको छ ।
क्लारा भन्छिन्, ‘मेरो व्यक्तिगत लक्ष्य मेरो करियरमा नै कालो पदार्थ खोज्नु हो । अन्यथा ब्रह्माण्ड हाम्रो लागि रहस्य नै रहनेछ ।’

  • समाधान
बिहिबार, असार २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

इन्डोनेसियामा डुङ्गा डुब्दा छ जनाको मृत्यु, १३० बेपत्ता
होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते
पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ
अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा
विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन
चिलीको वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

भर्खरै

  • १.
    सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

  • २.
    इन्डोनेसियामा डुङ्गा डुब्दा छ जनाको मृत्यु, १३० बेपत्ता

  • ३.
    स्रोत नखुलेको नगदसहित पक्राउ

  • ४.
    जिप दुर्घटना अपडेडः मृतकको पहिचान खुल्यो

  • ५.
    होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते

  • ६.
    राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

  • ७.
    पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ

  • ८.
    अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.