काठमाडौँ । भारतको हिमाचल प्रदेशको कुल्लुमा सोमबार एक बस दुर्घटना भएको छ । यात्रु बोकेको बस सैँज उपत्यकामा खसेको हो । दुर्घटनामा १६ जनाको मृत्यु भएको छ ।
Advertisement
उनीहरुमध्ये केही बालबालिका रहेका छन् । केही घाइतेको उद्धार गरिएको छ । बसमा ४५ जना सवार रहेको समाचारमा जनाइएको छ ।
समाचार एजेन्सी एएनआईका अनुसार कुल्लुको साँज उपत्यकामा बिहान ८ बजे दुर्घटना भएको हो । मृतकको संख्या बढ्न सक्ने जिल्ला कमिटीले जनाएको छ । बस कुल्लुबाट साँज जाँदै थियो ।
उक्त बसमा विद्यालयका बालबालिका सवार थिए । केन्द्र सरकारले मृतकका आफन्तलाई २–२ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले बस दुर्घटना हृदयविदारक भएको प्रतिक्रिया दिएका छन् । उनले दुःखद घडीमा मृतकका परिवारजनमा समवेदना दिँदै घाइतेको उपचारमा लाग्न निर्देशन दिएका छन् ।