काठमाडौँ । चन्द्रागिरिको जंगलमा हराएका तीन जना विदेशी नागरिकको उद्धार गरिएको छ । शनिबार साँझदेखि बेपत्ता भएका उनीहरूलाई प्रहरी बृत्त थानकोटबाट प्रहरीले उद्धार गरेको हो ।
Advertisement
उनीहरूको उद्धारमा १० प्रहरीको टोली परिचालन गराइएको थियो। उनीहरूलाई मुख्य सडकभन्दा करिब सय मिटर तल भिरमा फसेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
हराएका विदेशी नागरिकहरूमा अमेरिका पोटोरिको घर हुने वर्ष ३४ को डग्लस रो, भारत चन्डिगढ घर हुने वर्ष ३० को नवप्रित डिलोन र भारत मुम्बइ घर हुने वर्ष २९ मा माधव गुप्ता थिए ।