टर्कीले युक्रेनका लागि संयुक्त बैठक आह्वान गरेको छ।
Advertisement
युक्रेनमा जारी रहेको रुसी आक्रमणका विषयमा टर्कीले इस्तानबुलमा बैठक आह्वान गरेको हो। आगामी साता चार दिने संयुक्त बैठक हुँदैछ।
बैठकका बारेमा छलफलका लागि टर्कीको सैनिक प्रतिनिधिमण्डल यसै साता रुस जाँदैछ। संयुक्त बैठकमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस पनि सहभागी हुने भएका छन्।
राष्ट्रसंघले रुस र युक्रेनलाई शान्ति स्थापनाका लागि पहल गर्न आग्रह गर्दै आएको छ। साथै, युक्रेनमा जारी रुसको अत्याचारपूर्ण आक्रमणका कारण त्यहाँबाट खाद्यान्नलगायत सामान निर्यात ठप्प छ।
युक्रेनको खाद्यान्न निर्यात ठप्प हुँदा संसारभर खाद्य संकट बढेको छ। खाद्यान्न निर्यातका लागि करिडोर स्थापना गर्न राष्ट्रसंघले आग्रह गर्दै आएको छ। सोही विषयमा सहमति जुटाउन पनि रुस र युक्रेनको सहभागितामा टर्कीले बैठक आह्वान गरेको हो।