काठमाडौँ । सरकारले खाना पकाउने ग्यासमा दुई थरी मूल्य निर्धारण गर्ने भएको छ ।
Advertisement
नेपाल आयल निगमले औद्योगिक र घरायसी प्रयोजनका लागि छुट्टाछुट्टै मूल्य निर्धारण गर्ने भएको हो ।
निगमका प्रबन्ध निर्देशक उमेशप्रसाद थानीले यसका लागि ग्यासको गन्ध र सिलिन्डरको रंग नै परिवर्तन गर्ने बताए ।
उनले भने, ‘गन्ध, रंग र साइजका आधारमा चाँडै ग्यासको दोहोरो मूल्यमा जान्छौँ ।’ उनले तत्काल नेपालमा मूल्य नबढाउने स्पष्ट पारे ।