काठमाडौँ । नेपालमा कल सेन्टर स्थापना गरी अमेरिकामा ठगी गरेको आरोपमा १३ जना पक्राउ परेका छन् ।
Advertisement
काठमाडौँको सामाखुशीमा अर्बिट नेक्सस प्रा.लि. नाममा कल सेन्टर सञ्चालन गरी अमेरिकामा बस्नेलाई ठगी गरेको पाइएपछि उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ११ नेपाली र २ जना भारतीय नागरिक रहेका छन् ।
उनीहरूले माइक्रोसफ्ट सपोर्ट सेन्टरबाट भन्दै कम्प्युटरमा म्यासेज पठाएर बैंक खातालगायत निजी सूचना माग गरी ठगी गरेको नेपाल प्रहरीको साइबर ब्यूरोले जनाएको हो । पक्राउ पर्नेमा ८ जना पुरुष र ५ जना महिला रहेका छन् । उनीहरूलाई आइतबार सार्वजनिक गरेको छ ।