काठमाडौँ । प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हिराबा (हिराबेन) जुन १८ मा अर्थात आज आफ्नो जीवनको १०० वर्षमा प्रवेश गरेकी छन् ।
Advertisement
यसै अवसरमा रायसान पेट्रोल पम्प नजिकैको ८० मिटर सडकलाई उनको नामबाट ‘पूज्य हिराबा मार्ग’ नामकरण गर्ने निर्णय भएको छ ।
यस्तै, प्रधानमन्त्री नरेन्द्र मोदी आमाको जन्मदिनमा अहमदाबाद पुगेका छन् । प्रधानमन्त्रीले आमाको खुट्टा धोएर त्यो पानी आँखामा लगाएका थिए ।

प्रधानमन्त्री मोदीले आफ्नी आमासँग बसेर पूजा गरेका छन् । यस क्रममा मोदीलाई शालले ढाकेर आशीर्वाद लिएका थिए । भारतीय प्रधानमन्त्री मोदीकी आमा हिराबेन आज एक सय वर्षमा प्रवेश गर्दै छिन् ।
