काठमाडौँ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई प्रहरीले प्रदेशको अस्थायी राजधानी बुटवल पठाएको छ । मंगलबार दाङको तुलसीपुरमा आफ्नो प्रेमीको श्रीमती र छोरीमाथि कुटपिट गरेकी उनी प्रहरी नियन्त्रणमा छिन् ।
Advertisement
विमलाको प्रेमी एकराज बस्नेतकी श्रीमती मिना भण्डारीले आफूमाथि मन्त्री वलीले कुटपिट गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी हुन् । वलीलाई मंगलबार राति ११ बजे बुटवल पठाइएको हो ।
प्रदेश सरकारको आग्रहमै वलीला बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । संसद् चलिरहेको र बहालवाला मन्त्री भएकाले बुटवल पठाएको हो । उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।