काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजीलाई तत्काल पक्राउ गर्न निर्देशन दिएका छन् । मिटरब्याजी रामदेव तेलीलाई पक्राउ गरी अनुसन्धान गर्न निर्देशन दिएका हुन् ।
Advertisement
प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाँणलाई मिटरब्याजीलाई पक्राउ गर्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।
तेलीले सप्तरीका विपन्न नागरिकलाई चर्को ब्याजमा ऋण दिँदै धन सम्पत्तिसहित यौन शोषण गरेको समाचार बाहिर आएको थियो ।
यसबारे प्रतिनिधिसभा बैठकमै सांसदहरूले मिटर ब्याजीलाई पक्राउ गरेर कारबाही गर्न माग गरेका थिए ।