काठमाडौँ । दोर्दी खोला कम्पनीले दोस्रोपटक सर्वसाधारणका लागि साधारण सेयर (आईपी) बिक्रीमा ल्याएको छ । प्रतिसेयर सय अंकित दरका २१ करोड ९५ लाख ५० हजार ९०० रुपैयाँ मूल्यको २१ लाख ९५ हजार ५०९ कित्ता साधारण बिक्रीमा ल्याएको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाबाट अवितरित २ लाख ९७ हजार ८४० कित्तासहित सो संख्याको आईपीओ बिक्री खुला गरेको जनाएको छ ।
कम्पनीले निष्कासन गर्ने कूल आईपीओमध्ये पाँच प्रतिशत अर्थात् एक लाख ९ हजार ७७५ कित्ता सेयर सामूहिक लगानी कोषका इकाइलाई तथा तीन प्रतिशत अर्थात् ६५ हजार ८६५ कित्ता सेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरेको छ ।
बाँकी २० लाख १९ हजार ८३९ कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । लगानीकर्ताले जेठ ३१ गतेसम्म ‘मेरो सेयर’को मोबाइल एप तथा वेबसाइट, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट आवेदन दिन सक्ने छन् ।