सिरहा । जिल्लाको गोलबजार नगरपालिका २ टुर्किया निवासी ज्ञानचन्द्र भनिने विष्णुदेव साहको शव इनारभित्र फेला परेको छ । श्रीमतीलाई औषधि लिन जाने क्रममा हिजो साँझबाट हराएका ४८ वर्षीय साहको शव आज बिहान गाउँकै इनारमा फेला परेको हो ।
Advertisement
औषधि लिन साइकलमा गएका उनी राति अबेरसम्म नफर्किएपछि खोजतलाश गर्ने क्रममा बिहान इनारभित्र साईकलसहित शव फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । मृतकका परिवारजनले हत्या गरी इनारमा फालिएको दाबी गर्दै दोषीमाथि कार्बाहीको माग गरेका छन् ।