• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, कार्तिक २८, २०८३
☰
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

विश्‍व घटना : स्विट्जरल्यान्डको विश्‍व विजेता चिज !

राशिफल : कन्या- भोगविलास, धनु- मिष्‍ठान्‍न भोजन

गाजाको अस्पतालमा इजरायली आक्रमण, कम्तीमा छ जनाको मृत्यु

अपडेटः भीमफेदी इभी दुर्घटना एकै परिवारका छसहित १४ जनाको मृत्यु

सिटी सफारीको ठक्करबाट राजवंशीको मृत्यु

बहुप्रकोपीय पूर्वसूचना प्रणालीकै कारण विपद्जन्य मृत्युदर ६.१ गुणा कम

जलवायु परिवर्तनका मुद्दा साझा विषय : परराष्ट्रमन्त्री खनाल

भीमफेदी इभी दुर्घटनाः चालकको पहिचान खुल्यो, घाइतेको सङ्ख्या छ

न्युयोर्कमा भवन भत्किँदा दुईको मृत्यु, १७ घाइते

लोकप्रिय समाचार

  • १. झटारो : शहंशाहको घाँटीमा घण्टी कसले बाँध्‍ने ?

  • २. राशिफल : कर्कट- आतिथ्य सत्कार, मीन- प्रतिस्पर्धामा विजय

  • ३. राशिफल : वृश्‍चिक- विजय, मकर- आकस्मिक धनलाभ

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- फल प्राप्ति

  • ५. राशिफल : कुम्भ- पदोन्‍नति, मीन- बिनाप्रतिस्पर्धा फाइदा

  • ६. राशिफल : कन्या- आकस्मिक लाभ, मकर- मनमा हर्ष

  • ७. राशिफल : कन्या- भोगविलास, धनु- मिष्‍ठान्‍न भोजन

  • ८. राशिफल : वृष- मानप्रतिष्‍ठा, सिंह- राम्रो समय

  • ९. भौतिकवाद भर्सेस मौलिकता !

  • १०. विश्‍व घटना : भेटियो ३७ सय २१ वर्षअघिको वाक्य !

विश्‍व घटना : स्विट्जरल्यान्डको विश्‍व विजेता चिज !


    Avatar photo
शुक्रबार, कार्तिक २८, २०८३ मा प्रकाशित

काठमाडौं- आज १३ नोभेम्बर। विश्‍व इतिहासका विभिन्‍न घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, तीमध्ये केही प्रमुख घटनाको सारसंक्षेप।

– सन् १८८७- लन्डनको खुनी आइतबार

बेलायतको राजधानी शहर लन्डनस्थित ट्राफल्गर स्क्‍वायरमा भएको प्रदर्शनले हिंस्रक रूप लिएको थियो। कठिन जीवनयापन गरिरहेका लन्डनवासीले सरकारविरुद्ध गरिरहेको प्रदर्शनमा हिंसा भड्किएको थियो। प्रहरीले प्रदर्शनकारीलाई लाठीचार्ज गर्दा स्थिति नियन्त्रणबाहिर पुगेको थियो। सयौं प्रदर्शनकारी घाइते भए। मृतक भने ३ जना थिए।

– सन् १९५०- भेनेजुएलाका राष्‍ट्रपतिको हत्या

दक्षिण अमेरिकी मुलुक भेनेजुएलाका राष्‍ट्रपति कार्लोस डेलगाडो चालबौडको आजकै दिन हत्या भएको थियो। राफेल साइमन उर्बिना नामक व्यक्तिको नेतृत्वमा रहेको विद्रोही समूहले उनलाई अपहरण गरी हत्या गरेको थियो। सन् १९४८ मा रोमुलो गेलेगोसलाई हटाएर चालबौड सत्तामा आएका थिए।

– सन् १९८५- ज्वालामुखीमा २५ हजारको मृत्यु

दक्षिण अमेरिकाको उत्तरी क्षेत्रको मुलुक कोलम्बियामा आजकै दिन ज्वालामुखी विष्‍फोट भएको थियो। नेभाडो डेल रुइज इलाकाको अरमेरो क्षेत्रमा उक्त विष्‍फोट भएको थियो। ज्वालामुखीमा परी २५ हजारको ज्यान गएको थियो। यसलाई बीसौं शताब्दीको सबैभन्दा घातक ज्वालामुखी विष्‍फोट मानिन्छ।

– सन् १९९४- ईयूमा सहभागी हुन स्विडेनमा मतदान

सन् १९९४ मा आजकै दिन युरोपियन युनियन (ईयू)मा सहभागी हुने कि नहुने भन्‍नेबारेमा स्विडेनमा मतदान भएको थियो। ५० प्रतिशतभन्दा बढी मतदाताले सहभागी हुने पक्षमा मतदान गरेका थिए। नर्डिक क्षेत्रको यो मुलुक १ जनवरी १९९५ देखि ईयूको सदस्य बनेको थियो।

– सन् २०१५- पेरिसमा आतंकवादी आक्रमण

सन् २०१५ मा आजकै दिन फ्रान्सको राजधानी पेरिसमा आतंकवादी आक्रमण भएको थियो। आत्मघाती बम आक्रमण र सामूहिक गोलीबारीमा परी १३० जनाले ज्यान गुमाएका थिए। आक्रमण भएको स्थलमा सांगीतिक कार्यक्रम भइरहेको थियो। ‘स्टेड डी फ्रान्स’ र ‘दी बाटाक्लान’को कन्सर्टमा आक्रमण भएको थियो। इस्लामिक स्टेट (आईएसआईएस)ले आक्रमणको जिम्मा लिएको थियो।

– सन् २०१७- संसारकै पुरानो वाइन

सन् २०१७ मा आजकै दिन ककेसन क्षेत्रको मुलुक जर्जियामा संसारको हालसम्मकै पुरानो वाइन फेला परेको थियो । जर्जियाको प्राचीन बस्ती ख्रामिस दिदी गोरामा उक्त वाइन फेला परेको हो । एक माटोको भाँडामा राखिएको वाइन ६ हजार ईसा पूर्वमा बनाइएको अनुमान छ । अर्थात् उक्त वाइन सन् २०२५ भन्दा ८ हजार २४ वर्ष पुरानो हो ।

– सन् २०२३- जब ब्रिटिस पूर्व प्रधानमन्त्रीले सम्हाले विदेश मन्त्रालय

सन् २०२३ मा बेलायतका पूर्व प्रधानमन्त्री डेभिड क्यामरुनले तत्कालीन प्रधानमन्त्री ऋषि सुनकको सरकारमा विदेश मन्त्रीको पद सम्हालेका थिए । उनी सन् २०१० देखि २०१६ सम्म बेलायतका प्रधानमन्त्री थिए । ऋषि सुनक २५ अक्टोबर २०२२ देखि ५ जुलाई २०२४ सम्म बेलायतका प्रधानमन्त्री थिए । सुनक प्रधानमन्त्रीबाट हटेसँगै क्यामरुनको विदेश मन्त्री पद पनि गएको थियो ।

– सन् २०२४- ब्लू ह्वेलभन्दा ठूलो मूंगाको अवशेष

सन् २०२४ मा आजकै दिन ब्लू ह्वेलभन्दा ठूलो समुद्री जीव मूंगाको अवशेष फेला परेको थियो । उक्त अवशेष हालसम्मकै ठूलो समुद्री जीवको थियो । दक्षिण-पश्‍चिम प्रशान्त महासागरमा सोलोमन द्विप नजिक उक्त अवशेष फेला परेको थियो । हेर्दा झाडीजस्तो देखिने मूंगा समुद्री जीव हो । समुद्री जीवनलाई पोषण दिने यो जीवले समुद्री तटको रक्षा पनि गर्छ ।

– सन् २०२५- विश्‍व विजेता स्विट्जरल्यान्डको चिज !

सन् २०२५ मा आजकै दिन स्विट्जरल्यान्डमा बनाइएको चिजलाई विश्‍व विजेता घोषणा गरिएको थियो। चिज मेकर ‘पायस हिट्ज’ले बनाएको ‘बर्गकेसेरी भोर्डरफुल्टिजेन’लाई त्यहाँ भएको अन्तर्राष्‍ट्रीय प्रतियोगितामा ‘चिज अफ दी इयर’ घोषणा गरिएको थियो।

 

शुक्रबार, कार्तिक २८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राशिफल : कन्या- भोगविलास, धनु- मिष्‍ठान्‍न भोजन
गाजाको अस्पतालमा इजरायली आक्रमण, कम्तीमा छ जनाको मृत्यु
अपडेटः भीमफेदी इभी दुर्घटना एकै परिवारका छसहित १४ जनाको मृत्यु
सिटी सफारीको ठक्करबाट राजवंशीको मृत्यु
बहुप्रकोपीय पूर्वसूचना प्रणालीकै कारण विपद्जन्य मृत्युदर ६.१ गुणा कम
जलवायु परिवर्तनका मुद्दा साझा विषय : परराष्ट्रमन्त्री खनाल

भर्खरै

  • १.
    विश्‍व घटना : स्विट्जरल्यान्डको विश्‍व विजेता चिज !

  • २.
    राशिफल : कन्या- भोगविलास, धनु- मिष्‍ठान्‍न भोजन

  • ३.
    गाजाको अस्पतालमा इजरायली आक्रमण, कम्तीमा छ जनाको मृत्यु

  • ४.
    अपडेटः भीमफेदी इभी दुर्घटना एकै परिवारका छसहित १४ जनाको मृत्यु

  • ५.
    सिटी सफारीको ठक्करबाट राजवंशीको मृत्यु

  • ६.
    बहुप्रकोपीय पूर्वसूचना प्रणालीकै कारण विपद्जन्य मृत्युदर ६.१ गुणा कम

  • ७.
    जलवायु परिवर्तनका मुद्दा साझा विषय : परराष्ट्रमन्त्री खनाल

  • ८.
    भीमफेदी इभी दुर्घटनाः चालकको पहिचान खुल्यो, घाइतेको सङ्ख्या छ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.