• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, कार्तिक २८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

विश्‍व घटना : स्विट्जरल्यान्डको विश्‍व विजेता चिज !

राशिफल : कन्या- भोगविलास, धनु- मिष्‍ठान्‍न भोजन

गाजाको अस्पतालमा इजरायली आक्रमण, कम्तीमा छ जनाको मृत्यु

अपडेटः भीमफेदी इभी दुर्घटना एकै परिवारका छसहित १४ जनाको मृत्यु

सिटी सफारीको ठक्करबाट राजवंशीको मृत्यु

बहुप्रकोपीय पूर्वसूचना प्रणालीकै कारण विपद्जन्य मृत्युदर ६.१ गुणा कम

जलवायु परिवर्तनका मुद्दा साझा विषय : परराष्ट्रमन्त्री खनाल

भीमफेदी इभी दुर्घटनाः चालकको पहिचान खुल्यो, घाइतेको सङ्ख्या छ

न्युयोर्कमा भवन भत्किँदा दुईको मृत्यु, १७ घाइते

लोकप्रिय समाचार

  • १. झटारो : शहंशाहको घाँटीमा घण्टी कसले बाँध्‍ने ?

  • २. राशिफल : कर्कट- आतिथ्य सत्कार, मीन- प्रतिस्पर्धामा विजय

  • ३. राशिफल : वृश्‍चिक- विजय, मकर- आकस्मिक धनलाभ

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- फल प्राप्ति

  • ५. राशिफल : कुम्भ- पदोन्‍नति, मीन- बिनाप्रतिस्पर्धा फाइदा

  • ६. राशिफल : कन्या- आकस्मिक लाभ, मकर- मनमा हर्ष

  • ७. राशिफल : कन्या- भोगविलास, धनु- मिष्‍ठान्‍न भोजन

  • ८. राशिफल : वृष- मानप्रतिष्‍ठा, सिंह- राम्रो समय

  • ९. भौतिकवाद भर्सेस मौलिकता !

  • १०. विश्‍व घटना : भेटियो ३७ सय २१ वर्षअघिको वाक्य !

वीरगञ्ज नाकाबाट खाद्यान्न आयात ६३ प्रतिशतले घट्यो


    Avatar photo
बिहिबार, कार्तिक २७, २०८३ मा प्रकाशित

पर्सा- चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वीरगञ्ज नाका हुँदै हुने खाद्यान्न आयात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ६३ प्रतिशतले घटेको छ ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको साउनदेखि असोजसम्ममा चामल, मकै, गहुँ, धान, माल्ट, फापर, कोदोलगायत खाद्यान्न तीन करोड १६ लाख ४० हजार किलो आयात भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा आठ करोड ७० लाख ४७ हजार किलो खाद्यान्न आयात भएको थियो ।

भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीका अनुसार चालु आवको पहिलो तीन महिनामा ६७ लाख ७३ हजार ६२९ किलो चामल आयात भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ९४ लाख एक हजार किलो चामल आयात भएको थियो । चामल आयातको मूल्यसमेत अघिल्लो वर्षको ८९ करोड ८१ लाख रुपैयाँबाट घटेर चालु आवमा ७० करोड रुपैयाँमा झरेको छ ।

धान आयातमा पनि उल्लेख्य कमी आएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासिकमा तीन करोड ९१ लाख किलो धान आयात भएकामा चालु आवको सोही अवधिमा ६९ लाख ३५ हजार ४६० किलो मात्रै आयात भएको छ । धान आयातको मूल्य अघिल्लो वर्ष एक अर्ब ४६ करोड २८ लाख रुपैयाँ रहेकामा चालु आवमा घटेर ३३ करोड ३५ लाख रुपैयाँमा सीमित भएको छ ।

त्यस्तै, मकै आयात पनि घटेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा तीन करोड ३६ लाख १२ हजार ८१० किलो मकै आयात भएकामा चालु आवमा ६७ लाख ३६ हजार ४३७ किलो मात्रै आयात भएको छ । मकै आयातको मूल्यसमेत अघिल्लो वर्षको एक अर्ब ८० करोड १३ लाख रुपैयाँबाट घटेर ६० करोड ९८ लाख रुपैयाँमा झरेको भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

फापर, कोदो तथा अन्य खाद्यान्नको आयातमा पनि कमी आएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा २३ लाख ४१ हजार ६५५ किलो आयात भएकामा चालु आवको सोही अवधिमा घटेर १६ लाख ४० हजार ५५५ किलोमा सीमित भएको भन्सार कार्यालयले जनाएको छ ।

बिहिबार, कार्तिक २७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्‍व घटना : स्विट्जरल्यान्डको विश्‍व विजेता चिज !
राशिफल : कन्या- भोगविलास, धनु- मिष्‍ठान्‍न भोजन
गाजाको अस्पतालमा इजरायली आक्रमण, कम्तीमा छ जनाको मृत्यु
अपडेटः भीमफेदी इभी दुर्घटना एकै परिवारका छसहित १४ जनाको मृत्यु
सिटी सफारीको ठक्करबाट राजवंशीको मृत्यु
बहुप्रकोपीय पूर्वसूचना प्रणालीकै कारण विपद्जन्य मृत्युदर ६.१ गुणा कम

भर्खरै

  • १.
    विश्‍व घटना : स्विट्जरल्यान्डको विश्‍व विजेता चिज !

  • २.
    राशिफल : कन्या- भोगविलास, धनु- मिष्‍ठान्‍न भोजन

  • ३.
    गाजाको अस्पतालमा इजरायली आक्रमण, कम्तीमा छ जनाको मृत्यु

  • ४.
    अपडेटः भीमफेदी इभी दुर्घटना एकै परिवारका छसहित १४ जनाको मृत्यु

  • ५.
    सिटी सफारीको ठक्करबाट राजवंशीको मृत्यु

  • ६.
    बहुप्रकोपीय पूर्वसूचना प्रणालीकै कारण विपद्जन्य मृत्युदर ६.१ गुणा कम

  • ७.
    जलवायु परिवर्तनका मुद्दा साझा विषय : परराष्ट्रमन्त्री खनाल

  • ८.
    भीमफेदी इभी दुर्घटनाः चालकको पहिचान खुल्यो, घाइतेको सङ्ख्या छ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.