• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, कार्तिक २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

विश्‍व घटना : चीनमा कार आक्रमण, मारिए ३५

राशिफल : कुम्भ- पदोन्‍नति, मीन- बिनाप्रतिस्पर्धा फाइदा

भौतिकवाद भर्सेस मौलिकता !

जलवायु अनुकूलन जलवायु न्यायको विषय पनि होः मन्त्री खनाल

यु–१९ एसिया कप क्रिकेटः नेपाल पाकिस्तानसँग पराजित

नेपाल संवत् सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल

दुई वर्षमा सक्नुपर्ने सडक चार वर्षमा पनि सकिएन

जुवातास खेलिरहेको अवस्थामा ११० जना पक्राउ

नदीमा डुबेर एक बालकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- प्रतिस्पर्धी पराजित, सिंह- पराक्रम बढ्ने

  • २. राशिफल : कर्कट- आतिथ्य सत्कार, मीन- प्रतिस्पर्धामा विजय

  • ३. राशिफल : वृश्‍चिक- विजय, मकर- आकस्मिक धनलाभ

  • ४. झटारो : शहंशाहको घाँटीमा घण्टी कसले बाँध्‍ने ?

  • ५. राशिफल : कन्या- व्यापारमा लाभ, कुम्भ- प्रशस्त फाइदा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- फल प्राप्ति

  • ७. राशिफल : कन्या- आकस्मिक लाभ, मकर- मनमा हर्ष

  • ८. एउटा खुट्टा गुमाएँ, तर मानवताको बाटोमा हिँड्न छोडिनँ : आकाश मल्लको प्रेरणादायी कथा

  • ९. राशिफल : कुम्भ- पदोन्‍नति, मीन- बिनाप्रतिस्पर्धा फाइदा

  • १०. भौतिकवाद भर्सेस मौलिकता !

विश्‍व घटना : बर्लिनको पर्खाल ढलेको दिन


    Avatar photo
मङ्गलबार, कार्तिक २५, २०८३ मा प्रकाशित

काठमाडौं- आज १० नोभेम्बर। विश्‍व इतिहासका यस्ता घटना, जसले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, केही प्रमुख घटनाको सारसंक्षेप।

– सन् १७७५- अमेरिकी मरिन कर्प्स स्थापना

अमेरिकी मरिन कर्प्सको स्थापना आजकै दिन भएको हो। स्थल, समुद्री र हवाई गरी तीनवटै क्षेत्रमा युद्ध गर्न उक्त सैनिक एकाइ सक्षम मानिन्छ। अमेरिकी क्रान्तिकारी युद्धका दौरान फिलाडेल्फियामा यसको स्थापना भएको थियो। दोस्रो कन्टिनेन्टल कंग्रेसको एक प्रस्तावमार्फत कन्टिनेन्टल मरिनका २ बटालियन गठन गरिएको थियो, जो आज समुद्री कोरका मुख्य अंग बनेका छन्।

– सन् १८९८- विल्मिङ्टनमा दंगा

अमेरिकाको विल्मिङ्टनमा आजकै दिन दंगा शुरु भएको थियो। यो अमेरिकामा स्थानीय सरकारविरुद्ध भएको एक मात्र विद्रोह मानिन्छ। र, यसलाई विल्मिङ्टन रेस दंगा या विल्मिङ्टन नरसंहारको संज्ञा दिइएको छ। बिरासियल सिटी काउन्सिलको निर्वाचनपछि त्यहाँ दंगा भड्किएको थियो। त्यसक्रममा श्‍वेत वर्चश्‍ववादीहरूले निर्वाचित परिषदलाई अपदस्थ गरेका थिए। र, शहरमा धेरै दिनसम्म अश्‍वेत जातिका मानिसको हत्या गरिएको थियो।

– सन् १९०३- विन्डसिल्ड वाइपरको प्याटेन्ट प्रदान

अमेरिकी प्याटेन्ट कार्यालयले आविष्‍कारक म्यारी एन्डरसनको स्वचालित विन्डसिल्ड वाइपरलाई प्याटेन्ट प्रदान गरेको थियो। उक्त उपकरण त्यसयता गाडीहरूमा अगाडि र पछाडि विन्डसिल्ड हटाउन उपयोग गरिँदै आएको छ।

– सन् १९५१- उत्तरी अमेरिकी नम्बरिङ योजना शुरु

उक्त योजनाअन्तर्गत दूरी कलिङलाई मानकीकृत गरिएको थियो। र, शहरहरूमा फोन नम्बरको निश्‍चित ३ अंक निर्धारित गरिएको थियो। त्यसलाई लोकल कोड पनि भनिन्छ। त्यसबाट अपरेटरको सहभागिताबिनै लामो दूरीको कल तीव्र र सहज हुन गयो। उक्त योजनाअन्तर्गत पहिलो कल एंगलवुड, न्युजर्सी र क्यालिफोर्नियाको अल्मेडाका मेयरहरू बीच गराइएको थियो।

– सन् १९८९- बर्लिनको पर्खाल ढलेको दिन

संसारभर कम्युनिस्ट शासनको प्रतीक बनेको बर्लिनको पर्खाल आजकै दिन ढाल्न शुरु गरिएको थियो। त्यसको पहिलो चरण आजकै दिन सम्पन्‍न भएको थियो। त्यसपछि तत्कालीन पूर्वी र पश्‍चिम जर्मनीबीच एकीकरण भएर हालको जर्मनी बनेको थियो।

– सन् २००१- डब्लूटीओमा चीनको प्रवेश

१५ वर्ष लामो नेगोसिएसनपछि आजकै दिन चीनलाई विश्‍व व्यापार संगठन (डब्लूटीओ)को सदस्यता दिइएको थियो। त्यसको भोलिपल्ट ताइवानलाई पनि डब्लूटीओको सदस्य बनाइएको थियो।

– सन् २०२०- ‘लकडाउन’ बन्यो ‘वर्ड अफ दी इयर’

सन् २०२० मा ‘लकडाउन’लाई ‘वर्ड अफ दी इयर’ घोषित गरिएको थियो। कोभिड-१९ महामारीका कारण संसारभर लकडाउन गरिएपछि उक्त शब्द सर्वाधिक प्रचलनमा आएको थियो। कोलिन्स इंग्लिस डिक्सनरीले त्यसलाई ‘वर्ड अफ दी इयर’ घोषणा गरेको थियो।

– सन् २०२२- सार्वजनिक स्थलमा अफगानी महिलालाई प्रतिबन्ध

अमेरिकी सेनाको फिर्तिसँगै अफगानिस्तानमा सत्ता कब्जा गरेको तालिबानले आजकै दिन सार्वजनिक स्थलमा उपस्थित हुन महिलाहरूलाई प्रतिबन्ध लगाएको थियो। खासगरी, सार्वजनिक उद्यान र मनोरञ्‍जन स्थलहरूमा जान महिलालाई प्रतिबन्ध लगाइएको थियो।

– सन् २०२३- सर्वाधिक महँगो हुलाक टिकट

सन् २०२३ मा आजकै दिन अमेरिकाको एक हुलाक टिकट हालसम्मकै सर्वाधिक महँगो मूल्यमा बिक्री भएको थियो। सन् १९१८ देखि प्रचलनमा रहेको हुलाक टिकट ‘इन्भर्टेड जेनी’ न्युयोर्कमा भएको लिलामीमा २० लाख डलरमा बिक्री भएको थियो।

– सन् २०२५- जेल परेका पूर्व राष्‍ट्रपति ३ सातामै भए रिहा

सन् २०२५ मा आजकै दिन फ्रान्सका पूर्व राष्‍ट्रपति निकोलस सार्कोजी ३ साता जेल बसेर रिहा भएका थिए। आपराधिक षडयन्त्रको अभियोग पुष्‍टि भएपछि त्यहाँको अदालतले उनलाई ५ वर्षको जेल सजाय तोकेको थियो।

मङ्गलबार, कार्तिक २५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्‍व घटना : चीनमा कार आक्रमण, मारिए ३५
राशिफल : कुम्भ- पदोन्‍नति, मीन- बिनाप्रतिस्पर्धा फाइदा
भौतिकवाद भर्सेस मौलिकता !
जलवायु अनुकूलन जलवायु न्यायको विषय पनि होः मन्त्री खनाल
यु–१९ एसिया कप क्रिकेटः नेपाल पाकिस्तानसँग पराजित
नेपाल संवत् सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल

भर्खरै

  • १.
    विश्‍व घटना : चीनमा कार आक्रमण, मारिए ३५

  • २.
    राशिफल : कुम्भ- पदोन्‍नति, मीन- बिनाप्रतिस्पर्धा फाइदा

  • ३.
    भौतिकवाद भर्सेस मौलिकता !

  • ४.
    जलवायु अनुकूलन जलवायु न्यायको विषय पनि होः मन्त्री खनाल

  • ५.
    यु–१९ एसिया कप क्रिकेटः नेपाल पाकिस्तानसँग पराजित

  • ६.
    नेपाल संवत् सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल

  • ७.
    दुई वर्षमा सक्नुपर्ने सडक चार वर्षमा पनि सकिएन

  • ८.
    जुवातास खेलिरहेको अवस्थामा ११० जना पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.