• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, कार्तिक २२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

एनपिएलः काठमाण्डु गोर्खाजविरुद्ध लुम्बिनी लायन्स फिल्डिङमा

परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ जारी

झटारो : शहंशाहको घाँटीमा घण्टी कसले बाँध्‍ने ?

एनपिएलको प्रभावः पर्यटक प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा

त्रिविमा विकेन्द्रीकरणको अवधारणा कार्यान्वयन हुँदै

ढकमक्क फूलले ढाकेको धनकुटा बजार

भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- अनावश्यक भ्रमण, सिंह- रमाइलो यात्रा

  • २. राशिफल : तुला- स्वादिष्‍ट भोजन, मकर- दाम्पत्य सुख

  • ३. राशिफल : वृष- प्रतिस्पर्धी पराजित, सिंह- पराक्रम बढ्ने

  • ४. राशिफल : कन्या- काममा बाधा, वृश्‍चिक- प्रतिष्‍ठित काम

  • ५. राशिफल : कर्कट- साथी बढ्ने, मीन- प्रशस्त लाभ

  • ६. राशिफल : कन्या- व्यापारमा लाभ, कुम्भ- प्रशस्त फाइदा

  • ७. राशिफल : कन्या- आकस्मिक लाभ, मकर- मनमा हर्ष

  • ८. एउटा खुट्टा गुमाएँ, तर मानवताको बाटोमा हिँड्न छोडिनँ : आकाश मल्लको प्रेरणादायी कथा

  • ९. झटारो : शहंशाहको घाँटीमा घण्टी कसले बाँध्‍ने ?

  • १०. फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

मध्यकालीगण्डकी एक महिनादेखि निर्माण ठप्प


    Avatar photo
शुक्रबार, कार्तिक २१, २०८३ मा प्रकाशित

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन ६६ दशमलव तीन मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजनाको निर्माणकार्य बाढीका कारण पछिल्लो एक महिनादेखि ठप्प भएको छ ।

गत असोज ११ गते कालीगण्डकी नदीमा आएको भीषण बाढीले आयोजनाको बाँध, सुरुङ, आवास, मेसिनरी तथा निर्माण उपकरणलगायत भौतिक संरचनामा क्षति पुर्याएपछि निर्माणकार्य रोकिएको हो । बाढीबाट आयोजनामा करिब रु १८ देखि रु २० करोडबराबरको क्षति भएको आयोजना प्रमुख अजितविक्रम कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कालीगण्डकी बाढीले सुकेबगरमा निर्माणाधीन बाँधको डाइभर्सन भत्काएर निर्माणस्थलमा गेग्रान थुपारेको छ । बाँध निर्माणस्थलमा रहेको सुरुङको अडिटभित्र बाढी पसेर क्षति पुर्याएको छ ।

त्यसैगरी अन्नपूर्ण गाउँपालिका वडा नं २ नागढुङ्गा र ६ रातोपानीमा रहेका आयोजनाका आवास भवन भत्किएका छन् । त्यहाँ रहेका निर्माण सामग्री बाढीले बगाएको छ भने आयोजनाको श्रमिक आवास (लेबर क्याम्प) बगाएको छ । मेसिनरी तथा उपकरण, निर्माण सामग्री, डिजेल ट्याङ्की र वर्कसपमा पनि क्षति पुगेको छ ।

आयोजना प्रमुख कार्कीका अनुसार क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र आवश्यक व्यवस्थापकीय तयारीपछि निर्माणकार्य पुनः सञ्चालन गर्ने योजना बनाइएको छ । बाढीले बगाएका आवास र श्रमिक क्याम्पलगायत संरचना पुनर्निर्माण गरी तिहारलगत्तै आयोजनाको काम अघि बढाउने तयारी गरिएको उहाँले बताउनुभयो ।

विसं २०८१ देखि निर्माण सुरु भएको आयोजनाको काम बाढी आउनुअघि निरन्तर अघि बढिरहेको थियो । बाढीले निर्माणका महत्त्वपूर्ण संरचनामा क्षति पुर्याएपछि निर्धारित समयमै आयोजना सम्पन्न गर्न चुनौती थपिएको छ । सुकेबगरमा १३ मिटर अग्लो र ५५ मिटर लामो बाँध निर्माण गरी चार हजार ३१९ मिटर लामो मुख्य सुरुङमार्फत पानी अन्नपूर्ण गाउँपालिका–२ नौनीबगरमा निर्माण हुने भूमिगत विद्युत्गृहमा पुर्याइनेछ । बाँधबाट ल्याइएको पानी १५१ मिटरको उचाइबाट खसालेर विद्युत् उत्पादन गरिनेछ ।

नदी प्रवाहमा आधारित (रन अफ रिभर) प्रकृतिको यस आयोजनाको विद्युतगृह, स्वीचयार्ड र नियन्त्रणकक्ष भूमिगत रहनेछन् । आयोजनाबाट उत्पादित विद्युत् नौनीबगरदेखि करिब सात किलोमिटरमाथि दानामा रहेको २२० केभी क्षमताको सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने योजना छ ।

तीन वर्षभित्र अर्थात् २०८५ सालसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको कुल लागत रु १२ अर्ब ९३ करोड अनुमान गरिएको छ । आयोजनामा नबिल बैंकको नेतृत्वमा छवटा वाणिज्य बैंकले ७५ प्रतिशत लगानी गर्नेछन् भने बाँकी २५ प्रतिशत रकम प्रवर्द्धक कम्पनी र सेयर लगानीकर्तामार्फत जुटाइनेछ ।

हाइड्रो सपोर्ट प्रालि प्रवर्द्धक रहेको आयोजनाको नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता भइसकेको छ । सम्झौताअनुसार हिउँदयाममा प्रतियुनिट आठ रुपैयाँ ४० पैसा र वर्षायाममा प्रतियुनिट चार रुपैयाँ ८० पैसाका दरले विद्युत् खरिदबिक्री हुनेछ ।

शुक्रबार, कार्तिक २१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपिएलः काठमाण्डु गोर्खाजविरुद्ध लुम्बिनी लायन्स फिल्डिङमा
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान
वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू
सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ जारी
झटारो : शहंशाहको घाँटीमा घण्टी कसले बाँध्‍ने ?
एनपिएलको प्रभावः पर्यटक प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा

भर्खरै

  • १.
    एनपिएलः काठमाण्डु गोर्खाजविरुद्ध लुम्बिनी लायन्स फिल्डिङमा

  • २.
    परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान

  • ३.
    वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

  • ४.
    सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ जारी

  • ५.
    झटारो : शहंशाहको घाँटीमा घण्टी कसले बाँध्‍ने ?

  • ६.
    एनपिएलको प्रभावः पर्यटक प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा

  • ७.
    त्रिविमा विकेन्द्रीकरणको अवधारणा कार्यान्वयन हुँदै

  • ८.
    ढकमक्क फूलले ढाकेको धनकुटा बजार

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.