• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, कार्तिक ०२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

दशैंः बाहुनहरूको मात्र होइन, नेपालकै सांस्कृतिक ‘रिमिक्स’

वेष्ट इण्डिजका चर्चित क्रिकेटर रसेलले विराटनगरबाट एनपिएल खेल्ने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात जना घाइते

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

लोकप्रिय समाचार

  • १. सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री बजेटलाई लिएर असन्तुष्ट

  • २. राशिफल : तुला- मातृधन लाभ, धनु- इच्छाशक्ति बढ्ने

  • ३. राशिफल : कर्कट- लामो यात्रा, मीन- आतिथ्यपूर्ण सम्मान

  • ४. झटारो : कालो चश्माको कमाल

  • ५. राशिफल : कन्या- उपहार प्राप्ति, मकर- सिर्जनामा रुचि

  • ६. राशिफल : कर्कट- धन लाभ, मीन- दाम्पत्य सुख

  • ७. राशिफल : मिथुन- आनन्द प्राप्ति, कुम्भ- पराक्रम वृद्धि

  • ८. राशिफल : वृश्‍चिक- शत्रु परास्त, धनु- लाभ

  • ९. राशिफल : सिंह- विजय, कन्या- यात्रा

  • १०. लाइक, सेयर र असहिष्‍णुताको लोकतन्त्र

विश्‍व घटना : खगोलशास्त्री हिप्पार्कसको ‘लस्ट स्टार क्याटालग’


    Avatar photo
आइतबार, कार्तिक ०२, २०८३ मा प्रकाशित

काठमाडौं- आज १८ अक्टोबर। विश्‍व इतिहासमा कस्ता घटना भएका थिए आज ? प्रस्तुत छ, केही प्रमुख घटनाको सारसंक्षेप।

– सन् १८६७- अलास्का गाभियो अमेरिकामा

अमेरिकाले तत्कालीन रुससँग हालको अलास्का ७२ लाख डलरमा खरिद गरेको थियो। आजकै दिन अलास्कालाई अमेरिकामा औपचारिक रूपमा गाभिएको हो। अलास्काको खरिदप्रति अमेरिकी नागरिकहरूले सकारात्मक रूपमा हेरेका थिएनन्। त्यसरी अलास्कालाई जोड्नु करदाता र पैसाको बर्बादी मात्र भएको त्यतिबेलाको विश्लेषण थियो। त्यतिबेला कतिपय अमेरिकीले तत्कालीन विदेश मन्त्री विलियम एच. सिवार्डको मुर्खता बताएका थिए। अलास्कालाई सन् १९५९ मा अमेरिकाको एक राज्यका रूपमा मान्यता दिइएको थियो। १८ अक्टोबरमा अलास्का दिवस मनाउने गरिन्छ।

– सन् १९६७- अर्को ग्रहमा धर्तिको पहिलो अन्तरिक्ष यान प्रवेश

तत्कालीन सोभियत संघको अन्तरिक्ष यान ‘भेनेरा-४’ आजकै दिन शुक्र ग्रहको वायु मण्डलमा प्रवेश गरेको थियो। अर्को ग्रहमा प्रवेश गर्ने यो धर्तिको पहिलो यान थियो। शुक्रको वायुमण्डलमा प्रवेश गरेको ९० मिनटपछि उक्त यानसँग धर्तिको सम्पर्क विच्छेद भएको थियो।

– सन् १९९८- नाइजेरियामा पाइप लाइन विष्‍फोटमा २०० को मृत्यु

नाइजेरियाको राष्‍ट्रीय पेट्रोलियम कर्पोरेसनको पाइप लाइनमा भएको विष्‍फोटमा परी आजकै दिन २०० भन्दा बढीको ज्यान गएको थियो। लागोस शहरको बाहिरी क्षेत्रमा उक्त विष्‍फोटन भएको थियो। ६ दिनपछि मात्र आगो नियन्त्रणमा आएको थियो।

– सन् २००७- बेनजिर भुट्टो फर्किइन् पाकिस्तान

पाकिस्तानकी पूर्वप्रधानमन्त्री स्वर्गीय बेनजिर भुट्टो लामो निर्वासनपछि आजकै दिन स्वदेश फर्केकी थिइन्। उनी पाकिस्तानका पूर्वराष्‍ट्रपति जुल्फिकर अली भुट्टोकी छोरी हुन्। लन्डन र दुबईमा ८ वर्ष लामो निर्वासन त्यागेर उनी स्वदेश फिरेकी थिइन्। त्यसको २ महिनापछि आत्मघाति बम आक्रमणमा उनको हत्या गरिएको थियो। हत्याको समयमा उनी आगामी निर्वाचन प्रचार-प्रसारमा व्यस्त थिइन्।

– सन् २०२१- नेपाल-भारतमा बाढीमा मारिए १००

सन् २०२१ मा आजकै दिन नेपाल र भारतको उत्तराखण्डमा अविरल वर्षापछि आएको बाढी-पहिरोमा परी १०० जनाको ज्यान गएको थियो। २४ घण्टाभित्र ३२८ मिलिमिटर वर्षा भएको थियो।

– सन् २०२२- खगोलशास्त्री हिप्पार्कसको ‘लस्ट स्टार क्याटालग’

सन् २०२२ मा ईसापूर्व दोस्रो शताब्दीका युनानी खगोलशास्त्री हिप्पार्कसले तयार पारेको ‘लस्ट स्टार क्याटालग’ पालिम्प्सेट पाण्डुलिपीमा फेला परेको थियो। उक्त क्याटालग नांगो आँखाले हेरेर खगोलीय पिण्डहरूको अध्ययन गर्ने पहिलो प्रयास थियो।

– सन् २०२३- एउटै विष्‍फोटमा ५०० को मृत्यु

सन् २०२३ मा आजकै दिन गाजापट्टीस्थित अल-अहली अस्पतालमा भएको विष्‍फोटमा कम्तिमा ५०० जना प्यालेस्टिनी मारिएका थिए। उक्त विष्‍फोटका लागि इजरायलले प्यालेस्टिन र प्यालेस्टिनले इजरायललाई जिम्मेवार बताएका थिए।

– सन् २०२४- बिजुली काटिँदा १ करोड मानिस अन्धकारमा

क्यारिबियन सागरको टापु मुलुक क्युबामा आजकै दिन बिजुली काटिँदा १ करोड मानिस अन्धकारमा बस्‍नुपरेको समाचारले विश्‍वव्यापी चर्चा बटुलेको थियो। मुख्य ऊर्जा ग्रिडहरू फेल भएका कारण त्यस्तो संकट उत्पन्‍न भएको थियो। त्यसका कारण प्रभावित क्षेत्रका विद्यालयहरू र व्यापारिक केन्द्रहरू बन्द गर्नुपरेको थियो।

 

आइतबार, कार्तिक ०२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दशैंः बाहुनहरूको मात्र होइन, नेपालकै सांस्कृतिक ‘रिमिक्स’
वेष्ट इण्डिजका चर्चित क्रिकेटर रसेलले विराटनगरबाट एनपिएल खेल्ने
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु
अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात जना घाइते
बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

भर्खरै

  • १.
    दशैंः बाहुनहरूको मात्र होइन, नेपालकै सांस्कृतिक ‘रिमिक्स’

  • २.
    वेष्ट इण्डिजका चर्चित क्रिकेटर रसेलले विराटनगरबाट एनपिएल खेल्ने

  • ३.
    देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

  • ४.
    अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात जना घाइते

  • ५.
    बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

  • ६.
    नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

  • ७.
    दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

  • ८.
    नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.