• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, कार्तिक ०३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सागसब्जी खेतीबाट वार्षिक नौ लाख आम्दानी गर्दै छन्त्याल दम्पती

राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि प्रदान

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

राष्ट्रपति पौडेलद्वारा शक्तिपीठहरूमा पूजाआराधना एवं दर्शन

सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान

सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

बहत्तर हजार ट्रामाडोल क्याप्सुलसहित दुई युवक पक्राउ

लोकप्रिय समाचार

  • १. सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री बजेटलाई लिएर असन्तुष्ट

  • २. राशिफल : तुला- मातृधन लाभ, धनु- इच्छाशक्ति बढ्ने

  • ३. राशिफल : वृष- विशेष फाइदा, सिंह- रोजगारी प्राप्ति

  • ४. राशिफल : कर्कट- लामो यात्रा, मीन- आतिथ्यपूर्ण सम्मान

  • ५. झटारो : कालो चश्माको कमाल

  • ६. राशिफल : कन्या- उपहार प्राप्ति, मकर- सिर्जनामा रुचि

  • ७. राशिफल : मिथुन- आनन्द प्राप्ति, कुम्भ- पराक्रम वृद्धि

  • ८. राशिफल : वृश्‍चिक- शत्रु परास्त, धनु- लाभ

  • ९. राशिफल : सिंह- विजय, कन्या- यात्रा

  • १०. लाइक, सेयर र असहिष्‍णुताको लोकतन्त्र

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन


    Avatar photo
आइतबार, कार्तिक ०२, २०८३ मा प्रकाशित

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरबाङ सडकको फापरखेत खण्डमा वैकल्पिक मार्ग प्रयोग गरी सडक सञ्चालन भएको छ ।

बेनी–नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा रहेको फापरखेतमा शनिबार अपराह्नदेखि सुरु भएको पहिरो नरोकिएपछि मङ्गला गाउँपालिकाले पखेर–बरञ्जा–ज्यामिरे–सातबिसे–बाबियाचौरको सडक प्रयोग गरी यातायात सञ्चालन गरिएको हो ।

मङ्गला गाउँपालिका–३ का वडा सदस्य हरि गिरीले वर्षायाममा अवरुद्ध बनेको बरञ्जा–सातबिसे–बाबियाचौर खण्डको सडक मर्मत गरी आज दिउँसोदेखि मिनिबस, जीप, मोटरसाइकल, स्कुटर, ट्याक्सी र ट्र्याक्टर चलाउन मिल्ने बनाइएको जानकारी दिनुभयो ।

“निरन्तर खसिरहेको पहिरो नरोकिँदासम्म मर्मत गर्न नसकिने भएकाले दसँैको समयमा जन्मथलो जाने नागरिकलाई राहत दिने उद्देश्यले गाउँपालिकाले वैकल्पिक सडक सञ्चालन गरेको हो”, उहाँले भन्नुभयो ।

बेनी–दरबाङ सडकलाई, म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने मङ्गला, मालिका र धवलागिरी गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने ‘लाइफलाइन’ मानिन्छ ।

यसैबीच फापरखेतमा पहिरो निरन्तर झरेकाले पन्छाउने काम सुरु गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताउनुभयो ।

पहिरो र वैकल्पिक सडकको गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जाली, जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्री, प्रमुख जिल्ला अधिकारी गैरेले स्थलगत निरिक्षण गरी यातायात सञ्चालन र सडक मर्मतका लागि सहजीकरण गर्नुभएको थियो ।

विसं २०५८ मा सो सडकमार्ग सञ्चालनमा आएदेखि नै पहिरोले दुःख दिने गरेको जानकारी दिँदै सदस्य गिरीले यसअघिभन्दा फरक स्थानमा पहिरोको समस्या देखिएकाले बाध्य भई वैकल्पिक मार्ग खोल्न परेको बताउनुभयो ।

 

आइतबार, कार्तिक ०२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सागसब्जी खेतीबाट वार्षिक नौ लाख आम्दानी गर्दै छन्त्याल दम्पती
राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि प्रदान
एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद
खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला
दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु
राष्ट्रपति पौडेलद्वारा शक्तिपीठहरूमा पूजाआराधना एवं दर्शन

भर्खरै

  • १.
    सागसब्जी खेतीबाट वार्षिक नौ लाख आम्दानी गर्दै छन्त्याल दम्पती

  • २.
    राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि प्रदान

  • ३.
    एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

  • ४.
    खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

  • ५.
    दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

  • ६.
    राष्ट्रपति पौडेलद्वारा शक्तिपीठहरूमा पूजाआराधना एवं दर्शन

  • ७.
    सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान

  • ८.
    सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.