• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, कार्तिक ०४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सकियो खम्ये जात्रा

गोकर्ण जङ्गलको वनदेवीमा दर्शनार्थीको लाम

कात्तिक १३ गतेदेखि तीनदिने काठमाडौँ फिल्म फेस्टिभल हुँदै

चाडपर्वमा खानपानजन्य समस्याबाट बच्न चिकित्सकको सुझाव

‘एनपिएल’का सबै खेलमा ‘डिआरएस’ लागू हुने, खेल समय हेरफेर

मिस्त्रीखोलाले बगाएर एक जनाको मृत्यु, एक जना बेपत्ता

रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित

विपद्का २४ घटनामा एकको मृत्यु, ११ जना घाइते

सडक दुर्घटनामा किशोरको मृत्यु

लोकप्रिय समाचार

  • १. सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री बजेटलाई लिएर असन्तुष्ट

  • २. राशिफल : वृश्‍चिक- प्रतिष्‍ठित काम, धनु- लक्ष्‍य प्राप्ति

  • ३. झटारो : कालो चश्माको कमाल

  • ४. राशिफल : वृष- विशेष फाइदा, सिंह- रोजगारी प्राप्ति

  • ५. राशिफल : कर्कट- लामो यात्रा, मीन- आतिथ्यपूर्ण सम्मान

  • ६. राशिफल : कन्या- उपहार प्राप्ति, मकर- सिर्जनामा रुचि

  • ७. राशिफल : मिथुन- आनन्द प्राप्ति, कुम्भ- पराक्रम वृद्धि

  • ८. राशिफल : वृश्‍चिक- शत्रु परास्त, धनु- लाभ

  • ९. राशिफल : सिंह- विजय, कन्या- यात्रा

  • १०. लाइक, सेयर र असहिष्‍णुताको लोकतन्त्र

राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि प्रदान


    Avatar photo
सोमबार, कार्तिक ०३, २०८३ मा प्रकाशित

जनकपुरधाम- जनकपुरधामस्थित मा यस वर्ष १४ हजार ८९१ वटा बोका बलि चढाइएको  छ ।

बडादसैँ पर्वअन्तर्गत महाअष्टमीको अवसरमा आइतबार रातिदेखि आज बिहानसम्म १४ हजार ८९१ वटा बोका बलि दिएको हो । महावीर युवा कमिटी जनकपुरधामका अध्यक्ष दीपककुमार साहका अनुसार राजदेवी माताप्रति आस्था राख्ने श्रद्धालु भक्तजनले धार्मिक परम्पराअनुसार एवं भाकल गरेकाहरूले बोका बलि प्रदान गरेका  हुन् ।

बोका बलि दिने कामलाई व्यवस्थित बनाउन सो युवा कमिटीले मन्दिर परिसरमा चार स्थानमा बलि दिन सकिने व्यवस्था मिलाएको थियो । अघिल्लो वर्ष २०८२ सालको विजयादशमीमा १४ हजार ९०३ वटा बोका बलि प्रदान गरिएको थियो ।

बोका बलि सुरु हुनुअघि राममन्दिरका पुजारी महन्तराम गिरीले निशा पूजा गर्नुभएको थियो । महाअष्टमीको रात राजदेवी मन्दिर माताको दर्शन तथा पूजाआजाका लागि भारतबाट पनि श्रद्धालुहरु आउने गरेको अध्यक्ष साहले जानकारी दिनुभयो ।

मन्दिरमा दर्शनार्थीको चाप बढ्ने भएकाले भक्तजनलाई सहज रूपमा पूजाआजा र दर्शन गर्ने वातावरण मिलाउन आवश्यक तयारी गरिएको अध्यक्ष साहले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले चाडपर्वका बेला हुने भीडभाड व्यवस्थापन तथा सुरक्षा अवस्थालाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार चाडपर्वलाई ध्यानमा राखेर लामो दूरीका सवारीसाधनमा जाँच, नियमित गस्ती तथा बैङ्क एवं वित्तीय संस्था, सुनचाँदी पसल र मोटरसाइकल चोरी नियन्त्रणका लागि जिल्लाभर विशेष सुरक्षा कार्ययोजना लागू गरिएको छ ।

यस वर्षको बडादसैँमा धनुषा जिल्लामा ७० वटा पिकेट, ४६ वटा पैदल गस्ती, सातवटा बजार अनुगमन टोली, सातवटा विशेष अपरेसन टोली, १५ वटा विपद् प्रतिकार्य टोली तथा १३ वटा गाडी र मोबाइल टोली परिचालन गरिएको प्रहरी प्रमुख खड्काले जानकारी दिनुभयो ।

 

सोमबार, कार्तिक ०३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सकियो खम्ये जात्रा
गोकर्ण जङ्गलको वनदेवीमा दर्शनार्थीको लाम
कात्तिक १३ गतेदेखि तीनदिने काठमाडौँ फिल्म फेस्टिभल हुँदै
चाडपर्वमा खानपानजन्य समस्याबाट बच्न चिकित्सकको सुझाव
‘एनपिएल’का सबै खेलमा ‘डिआरएस’ लागू हुने, खेल समय हेरफेर
मिस्त्रीखोलाले बगाएर एक जनाको मृत्यु, एक जना बेपत्ता

भर्खरै

  • १.
    सकियो खम्ये जात्रा

  • २.
    गोकर्ण जङ्गलको वनदेवीमा दर्शनार्थीको लाम

  • ३.
    कात्तिक १३ गतेदेखि तीनदिने काठमाडौँ फिल्म फेस्टिभल हुँदै

  • ४.
    चाडपर्वमा खानपानजन्य समस्याबाट बच्न चिकित्सकको सुझाव

  • ५.
    ‘एनपिएल’का सबै खेलमा ‘डिआरएस’ लागू हुने, खेल समय हेरफेर

  • ६.
    मिस्त्रीखोलाले बगाएर एक जनाको मृत्यु, एक जना बेपत्ता

  • ७.
    रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित

  • ८.
    विपद्का २४ घटनामा एकको मृत्यु, ११ जना घाइते

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.