• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, कार्तिक ०४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सकियो खम्ये जात्रा

गोकर्ण जङ्गलको वनदेवीमा दर्शनार्थीको लाम

कात्तिक १३ गतेदेखि तीनदिने काठमाडौँ फिल्म फेस्टिभल हुँदै

चाडपर्वमा खानपानजन्य समस्याबाट बच्न चिकित्सकको सुझाव

‘एनपिएल’का सबै खेलमा ‘डिआरएस’ लागू हुने, खेल समय हेरफेर

मिस्त्रीखोलाले बगाएर एक जनाको मृत्यु, एक जना बेपत्ता

रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित

विपद्का २४ घटनामा एकको मृत्यु, ११ जना घाइते

सडक दुर्घटनामा किशोरको मृत्यु

लोकप्रिय समाचार

  • १. सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री बजेटलाई लिएर असन्तुष्ट

  • २. राशिफल : वृश्‍चिक- प्रतिष्‍ठित काम, धनु- लक्ष्‍य प्राप्ति

  • ३. झटारो : कालो चश्माको कमाल

  • ४. राशिफल : वृष- विशेष फाइदा, सिंह- रोजगारी प्राप्ति

  • ५. राशिफल : कर्कट- लामो यात्रा, मीन- आतिथ्यपूर्ण सम्मान

  • ६. राशिफल : कन्या- उपहार प्राप्ति, मकर- सिर्जनामा रुचि

  • ७. राशिफल : मिथुन- आनन्द प्राप्ति, कुम्भ- पराक्रम वृद्धि

  • ८. राशिफल : वृश्‍चिक- शत्रु परास्त, धनु- लाभ

  • ९. राशिफल : सिंह- विजय, कन्या- यात्रा

  • १०. लाइक, सेयर र असहिष्‍णुताको लोकतन्त्र

कात्तिक १३ गतेदेखि तीनदिने काठमाडौँ फिल्म फेस्टिभल हुँदै


    Avatar photo
मङ्गलबार, कार्तिक ०४, २०८३ मा प्रकाशित

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले यही कात्तिक १३, १४ र १५ गते फिल्म फेस्टिभल आयोजना गर्ने भएको छ ।

यही कात्तिक १३ गते वसन्तपुरमा सम्पदा यात्राबाट शुभारम्भ हुने सो फेस्टिभलअन्तर्गत राष्ट्रिय सभा गृह, नेपाल पर्यटन बोर्ड, जय नेपाल सिनेमा घर र तारागाउँमा विभिन्न कार्यक्रम आयोजना हुने छ ।

फिल्म प्रदर्शन साझेदारीका रुपमा जय नेपाल सिनेमा, सवारीसाधन तथा यातायातका लागि अग्नि ग्रुप र इनड्राइभ, अन्तरराष्ट्रिय चलचित्र क्षेत्रसँगको सम्बन्धका लागि काठमाडौँस्थित अमेरिकी र अष्ट्रेलियन दूतावास, युनेस्को, अलाइन्स फ्रेन्चिजसँग सहकार्य भएको महानगरपालिकाले जनाएको छ ।

यसैगरी, विद्युतीय टिकटतर्फ ‘हिमालय पे’सँग सम्झौता भएको छ । दर्शकहरुका लागि फिल्म प्रदर्शन निःशुल्क हुने र सिट रिजर्भका लागि निःशुल्क टिकट लिनुपर्ने व्यवस्था गरिएको छ । कार्यक्रम आयोजना हुने स्थलका लागि हनुमानढोका दरबार सङ्ग्रहालय विकास समिति, बौद्ध क्षेत्र विकास समिति र तारागाउँ नेक्स्ट म्युजियमसँग सहकार्य भएको महानगरपालिकाले जनाएको छ ।

सम्पदा दौड (हेरिटेज रन) का लागि एनएसआर स्पोर्टस फाउन्डेसन (काठमाडौँ म्याराथन), आतिथ्यताका लागि होटल एसोसिएनसन अफ नेपाल (हान) र नेपाल पर्वतारोही सङ्घ (माउन्टेरिङ एसोसिएसन)सँग कार्यक्रम व्यवस्थापनका लागि माब्रिक्स र आइएसएससँग सम्झौता भइसकेको महानगरपालिकाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

फेस्टिभल शुभारम्भका अवसरमा ‘भिडियो च्यालेञ्ज’बाट छानिएको एउटा लघु चलचित्र र पुरानो चलचित्र सिन्दूरको खुला प्रदर्शन हुनेछ । नयाँसडक–जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको सडकमा प्रदर्शन हुने चलचित्र हेर्न सर्वसाधारण सबैलाई खुला आह्वान गरिएको छ ।

फेस्टिभल अवधिमा सर्ट फिल्म भिडियो च्यालेञ्ज, नेपाल पानोरामा र इन्टरनेसनल पानोरामाअन्तर्गत ४० वटा चलचित्र प्रदर्शन गरिनेछन् । यस्तै महानगरपालिकाले आह्वान गरेको ‘युथ भिडियो च्यालेञ्ज’ का विजेताहरुलाई अवार्ड र ‘नेपाल पानोरमा’ बाट छानिएका लाई प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ ।

त्यसैगरी, नेपाल पर्यटन बोर्डमा मास्टर क्लास र अन्तरक्रियात्मक संवादहरु सञ्चालन हुनेछन् । कात्तिक ८ गते आइतबार वसन्तपुरदेखि नरःदे (हाँडीगाउँ), पशुपतिनाथ क्षेत्र हुँदै वसन्तपुरसम्मको हेरिटेज रन आयोजना हुनेछ । नेपाली चलचित्र क्षेत्रको सम्मानका लागि दोस्रो दिन राष्ट्रिय सभा गृहमा ‘रेड कार्पेट’ कार्यक्रम आयोजना हुनेछ ।

काठमाडौँ महानगरपालिकाले चलचित्र विधालाई समुदाय र शिक्षासँग जोडेर रचनात्मक उद्योग प्रवद्र्धनको माध्यमका रुपमा विकास र विस्तार गरिरहेको जनाएको छ । मौलिकता र स्थानीयपनलाई जोगाउँदै स्थानीय रचनात्मक उद्योगसँग पेसाकर्मी, सङ्घसंस्था तथा महोत्सव आयोजकसँग जोड्ने काम भइरहेको छ ।

 

मङ्गलबार, कार्तिक ०४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सकियो खम्ये जात्रा
गोकर्ण जङ्गलको वनदेवीमा दर्शनार्थीको लाम
चाडपर्वमा खानपानजन्य समस्याबाट बच्न चिकित्सकको सुझाव
‘एनपिएल’का सबै खेलमा ‘डिआरएस’ लागू हुने, खेल समय हेरफेर
मिस्त्रीखोलाले बगाएर एक जनाको मृत्यु, एक जना बेपत्ता
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित

भर्खरै

  • १.
    सकियो खम्ये जात्रा

  • २.
    गोकर्ण जङ्गलको वनदेवीमा दर्शनार्थीको लाम

  • ३.
    कात्तिक १३ गतेदेखि तीनदिने काठमाडौँ फिल्म फेस्टिभल हुँदै

  • ४.
    चाडपर्वमा खानपानजन्य समस्याबाट बच्न चिकित्सकको सुझाव

  • ५.
    ‘एनपिएल’का सबै खेलमा ‘डिआरएस’ लागू हुने, खेल समय हेरफेर

  • ६.
    मिस्त्रीखोलाले बगाएर एक जनाको मृत्यु, एक जना बेपत्ता

  • ७.
    रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित

  • ८.
    विपद्का २४ घटनामा एकको मृत्यु, ११ जना घाइते

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.