• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, कार्तिक ०३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सागसब्जी खेतीबाट वार्षिक नौ लाख आम्दानी गर्दै छन्त्याल दम्पती

राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि प्रदान

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

राष्ट्रपति पौडेलद्वारा शक्तिपीठहरूमा पूजाआराधना एवं दर्शन

सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान

सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

बहत्तर हजार ट्रामाडोल क्याप्सुलसहित दुई युवक पक्राउ

लोकप्रिय समाचार

  • १. सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री बजेटलाई लिएर असन्तुष्ट

  • २. राशिफल : तुला- मातृधन लाभ, धनु- इच्छाशक्ति बढ्ने

  • ३. राशिफल : वृष- विशेष फाइदा, सिंह- रोजगारी प्राप्ति

  • ४. राशिफल : कर्कट- लामो यात्रा, मीन- आतिथ्यपूर्ण सम्मान

  • ५. झटारो : कालो चश्माको कमाल

  • ६. राशिफल : कन्या- उपहार प्राप्ति, मकर- सिर्जनामा रुचि

  • ७. राशिफल : मिथुन- आनन्द प्राप्ति, कुम्भ- पराक्रम वृद्धि

  • ८. राशिफल : वृश्‍चिक- शत्रु परास्त, धनु- लाभ

  • ९. राशिफल : सिंह- विजय, कन्या- यात्रा

  • १०. लाइक, सेयर र असहिष्‍णुताको लोकतन्त्र

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु


    Avatar photo
आइतबार, कार्तिक ०२, २०८३ मा प्रकाशित

काठमाडौँ- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४ घण्टामा सिन्धुली, सुनसरी, उदयपुर, धनुषा, मोरङ, रौतहट र रोल्पामा भएका दुर्घटनामा नौ जनाको मृत्यु भएको हो ।

सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित सडकमा को१ज २९७६ नम्बरको सुमो अनियन्त्रित भई आज बिहान दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ बस्ने २१ वर्षीया युपना राईसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको उक्त सुमो दुर्घटनामा घाइते भएका चालक र एक यात्रुको सिन्धुली अस्पताल र अन्य दुई जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

त्यस्तै, सुनसरीको इनरूवा नगरपालिका–४ बसचोकस्थित सडकमा लु२ख ६९१२ नम्बरको ट्रकले को२५प २७४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही नगरपालिका–९ बबिया बस्ने ५० वर्षीया रितादेवी यादवको मृत्यु भएको छ ।

उदयपुरको कटारी नगरपालिका–५ भोर्लेस्थित सडकमा प्र १–०५–००१ प ९६८२ नम्बरको मोटरसाइकल र बा ०१–००६ ख ६८४४ नम्बरको इभी गाडी एकआपसमा ठोक्किँदा सोही ठाउँ बस्ने ३० वर्षीय मोटरसाइकल चालक सुमन श्रेष्ठको मृत्यु भएको हो ।

धनुषाको जनकपुर उपमहानगरपालिका–१७ तेतरिया पुलस्थित सडकमा ज ११ प ३०५८ नम्बरको मोरटसाइकल र म प्र ०२–००९ प ११५७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा सोही ठाउँका १८ वर्षीय सुजित यादवको मृत्यु भएको  छ । उक्त दुर्घटनामा घाइते भएका तीन जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मोरङको सुनवर्षी नगरपालिका–५ झुङगी टोलस्थित सडकमा बीआर ३८ एच ३५०४ नम्बरको मोटरसाइकल र प्र १–०२–०४५ प ८९६६ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा ४७ वर्षीय शिवकुमार मण्डलको मृत्यु भएको छ ।

रौतहटको मौलापुर नगरपालिका–२ मर्यादपुरस्थित सडकमा बा३७प ९९७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा त्यसमा सवार फतुवा विजयपुर नगरपालिका–२ शीतलपुर बस्ने ७० वर्षीया सोमरियादेवी ठाकुरको मृत्यु भएको छ ।

रोल्पाको माडी गाउँपालिका–१ चालाङ भिरस्थित सडकमा घर्तीगाउँबाट पेदीखोलातर्फ जाँदै गरेको लु प्र ०२–००१ ह १९४७ नम्बरको अटो आज बिहान दुर्घटना हुँदा त्यसमा सवार सोही गाउँपालिका–१ घोर्नेटी बस्ने ३२ वर्षीया खुमाकुमारी भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

आइतबार, कार्तिक ०२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सागसब्जी खेतीबाट वार्षिक नौ लाख आम्दानी गर्दै छन्त्याल दम्पती
राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि प्रदान
एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद
खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला
दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु
राष्ट्रपति पौडेलद्वारा शक्तिपीठहरूमा पूजाआराधना एवं दर्शन

भर्खरै

  • १.
    सागसब्जी खेतीबाट वार्षिक नौ लाख आम्दानी गर्दै छन्त्याल दम्पती

  • २.
    राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि प्रदान

  • ३.
    एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

  • ४.
    खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

  • ५.
    दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

  • ६.
    राष्ट्रपति पौडेलद्वारा शक्तिपीठहरूमा पूजाआराधना एवं दर्शन

  • ७.
    सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान

  • ८.
    सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.