• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, असोज १६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

कर्णाली करिडोरअन्तर्गत हुम्लामा यातायात सञ्चालन, हिल्सा खण्ड अवरुद्ध

कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला

टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते

जनजीवनको पक्षमा ठोस उपलब्धि हुन सकेन : नेता थापा

प्रतिनिधिसभाः जेनजी आन्दोलनका दोषी र भ्रष्टाचार गर्नेलाई कारबाही गर्न नेता शाहीको माग

प्रतिनिधिसभाः परराष्ट्रमन्त्री खनालबाट राष्ट्रसङ्घको महासभामा नेपालको सहभागिताबारे जानकारी

नोबेल शान्ति पुरस्कारका दाबेदारमा अन्तरिक्ष स्टेसन

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- टाढाको यात्रा, मीन- कीर्तिमान

  • २. राशिफल : तुला- भाग्योदय, कन्या- विजय

  • ३. झटारो : राजदूत बन्‍ने भएपछि किन रुँदैछन् रामदुलारे ?

  • ४. राशिफल : सिंह- पदोन्‍नति, कुम्भ- लाभै लाभ

  • ५. राशिफल : वृष- अन्‍न र धन लाभ, सिंह- मन अशान्त

  • ६. राशिफल : कर्कट- लामो यात्रा, मीन- व्यापारबाट फाइदा

  • ७. राशिफल : कन्या- सुखानुभूति, वृश्‍चिक- लक्ष्‍य प्राप्ति

  • ८. नदीले क्रुजसिप बगाएर पुलमा अड्काएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

  • ९. राशिफल : वृष- अनेक फाइदा, सिंह- मन खुशी

  • १०. राष्‍ट्र संघमा बालेन : के सपारे, के बिगारे ?

कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

    Avatar photo
शुक्रबार, असोज १६, २०८३ मा प्रकाशित

म्याग्दी- गत साताको झरिपछि कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएपछि नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माण गरेको राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन रोकेको छ ।

प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाटको परीक्षण उत्पादन सुरु गरेको एक साता नपुग्दै असोज ८ देखि ११ गतेको वर्षापछि बाढी आएर क्षति पुगेको हो ।

आयोजना प्रमुख राजबहादुर विष्टले कालीगण्डकीको बाढीले रघुगङ्गा गाउँपालिका-३ तिल्केनीचौरमा रहेको विद्युत्गृहबाट पानी बगाउने ‘टेलरेस डग’को आधा भाग बगाएको र स्वीचयार्डमा रहेको ट्रान्सफर्मर नजिकैसम्म कटान गरेको बताउनुभयो ।

“पहुँचमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ । झिँ र दग्नामको सिमानामा रहेको बाँधमा गेग्रान आएर थुप्रिएको छ”, उहाँले भन्नुभयो, “विपद्का कारण परीक्षणका लागि विद्युत् उत्पादन रोकिएको छ । कालीगण्डकीको कटानबाट जोखिममा परेको ट्रान्सफर्मरलाई जोगाउने प्रयास गरिरहेका छौँ ।”

कालीगण्डकी नदीमा गेग्रान मिसिदा बाँढीको सतह बढेर ग्राबेलको बेस भएको कालीगण्डकी किनारबाट विद्युत्गृहतर्फ कटान गरेर बग्दा चीन र भारत जोड्ने बेनी-जोमसोम-कोरला सडकको करिब १५० मिटर सडक पनि बगाएको छ । विद्युत्गृहस्थलमा निर्माण गरिएको ‘स्वीचयार्ड’ पनि नदी कटानको उच्च जोखिममा परेको छ ।

रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले आयोजनाले परीक्षण उत्पादन थालेको दुई दिनमा बाढीले क्षति पुर्याएपछि उत्पादन बन्द हुन पुगेको बताउनुभयो । पन्ध्र दिनको परीक्षण उत्पादन सम्पन्न गरेपछि व्यावसायिक उत्पादन सुरु गर्ने तयारी गरे पनि बाढीले क्षति पुर्याएपछि अब एक महिनापछि मात्र व्यावसायिक उत्पादन सुरु गर्न सकिने उहाँले उल्लेख गर्नुभयो । राहुघाट जलविद्युत् आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसिएट्सका सवारीसाधन र उपकरण पनि बाढीले बगाएको छ ।

त्यसैगरी, कालीगण्डकी नदीमा आएको बाढीले कालीगण्डकी करिडोरको २२० केभी क्षमताको दाना-कुस्मा प्रसारण लाइनका टावर बगाएको छ । कालीगण्डकीमा आएको बाढीले अन्नपूर्ण गाउँपालिका-१, दोवाको भिरकाटपारिका दुई र धिरच्याङको एउटा प्रसारण लाइनको टावर बगाएको नेपाल विद्युत् प्राधिकरण पोखरा ग्रिड महाशाखाका प्रमुख रोशन खड्काले जानकारी दिनुभयो ।

दाना-खुर्कोट प्रसारण लाइनबाट केन्द्रीय प्रणालीमा विद्युत् आपूर्ति गराउँदै आएका अन्नपूर्ण-४, नारच्याङमा पाँच मेगावाट क्षमताको घलेम्दीखोला, ४२ मेगावाट क्षमताको मिस्त्रीखोला, ३८ मेगावाट क्षमताको नीलगिरि-१, ७१ मेगावाट क्षमताको नीलगिरि-२ र छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाबाट विद्युत् प्रसारण सेवा बन्द भएको छ ।

नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको पोखरा ग्रिड महाशाखाका प्राविधिकसहितको टोलीले क्षतिग्रस्त प्रसारण लाइन र टावरको स्थलगत अनुगमन सुरु गरी क्षतिको विवरण सङ्कलन थालेको छ । ग्रिड शाखाका प्रमुख रोशन खड्काले प्रसारण लाइन र टावरमा पुगेको क्षतिको स्थलगत निरीक्षण गरी विद्युत् आपूर्ति गराउने वैकल्पिक उपायको खोजी र प्रसारण लाइन पुनर्निर्माणलाई अघि बढाउन प्राविधिकसहितको टोली क्षतिग्रस्त स्थलमा परिचालन गरिएको जानकारी दिनुभयो ।

शुक्रबार, असोज १६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्णाली करिडोरअन्तर्गत हुम्लामा यातायात सञ्चालन, हिल्सा खण्ड अवरुद्ध
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल
भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला
टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते
जनजीवनको पक्षमा ठोस उपलब्धि हुन सकेन : नेता थापा
प्रतिनिधिसभाः जेनजी आन्दोलनका दोषी र भ्रष्टाचार गर्नेलाई कारबाही गर्न नेता शाहीको माग

भर्खरै

  • १.
    कर्णाली करिडोरअन्तर्गत हुम्लामा यातायात सञ्चालन, हिल्सा खण्ड अवरुद्ध

  • २.
    कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

  • ३.
    कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

  • ४.
    भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला

  • ५.
    टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते

  • ६.
    जनजीवनको पक्षमा ठोस उपलब्धि हुन सकेन : नेता थापा

  • ७.
    प्रतिनिधिसभाः जेनजी आन्दोलनका दोषी र भ्रष्टाचार गर्नेलाई कारबाही गर्न नेता शाहीको माग

  • ८.
    प्रतिनिधिसभाः परराष्ट्रमन्त्री खनालबाट राष्ट्रसङ्घको महासभामा नेपालको सहभागिताबारे जानकारी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.