• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, असोज १६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

कर्णाली करिडोरअन्तर्गत हुम्लामा यातायात सञ्चालन, हिल्सा खण्ड अवरुद्ध

कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला

टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते

जनजीवनको पक्षमा ठोस उपलब्धि हुन सकेन : नेता थापा

प्रतिनिधिसभाः जेनजी आन्दोलनका दोषी र भ्रष्टाचार गर्नेलाई कारबाही गर्न नेता शाहीको माग

प्रतिनिधिसभाः परराष्ट्रमन्त्री खनालबाट राष्ट्रसङ्घको महासभामा नेपालको सहभागिताबारे जानकारी

नोबेल शान्ति पुरस्कारका दाबेदारमा अन्तरिक्ष स्टेसन

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- टाढाको यात्रा, मीन- कीर्तिमान

  • २. राशिफल : तुला- भाग्योदय, कन्या- विजय

  • ३. झटारो : राजदूत बन्‍ने भएपछि किन रुँदैछन् रामदुलारे ?

  • ४. राशिफल : सिंह- पदोन्‍नति, कुम्भ- लाभै लाभ

  • ५. राशिफल : वृष- अन्‍न र धन लाभ, सिंह- मन अशान्त

  • ६. राशिफल : कर्कट- लामो यात्रा, मीन- व्यापारबाट फाइदा

  • ७. राशिफल : कन्या- सुखानुभूति, वृश्‍चिक- लक्ष्‍य प्राप्ति

  • ८. नदीले क्रुजसिप बगाएर पुलमा अड्काएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

  • ९. राशिफल : वृष- अनेक फाइदा, सिंह- मन खुशी

  • १०. राष्‍ट्र संघमा बालेन : के सपारे, के बिगारे ?

भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला

    Avatar photo
शुक्रबार, असोज १६, २०८३ मा प्रकाशित

रसुवा- भोटेकोशीमा गएको बाढीले रसुवाका विभिन्न प्रहरी चौकीहरू बगाउँदा इलाका प्रहरी कार्यालय टिमुरेका प्रहरी सहायक निरीक्षक अझै बेपत्ता हुनुहुन्छ । बाढीमा परेका २५ जना प्रहरी कर्मचारी अझै बेपत्ता रहेकै अवस्थामा केहीको भने शव फेलापरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं प्रवक्ता डिल्लीराज सापकोटाका अनुसार बाढीमा बगेका टिमुरे इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रामहरि खड्का, प्रहरी सहायक हवल्दार दीपेन्द्र विष्ट र बेत्रावती प्रहरी चौकीका प्रहरी साहायक निरीक्षक रामकाजी पौडेलको शव फेलापरेको हो ।

बाढीले इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी रसुवागढी, स्याफ्रुबेँसी, बेत्रावती र अस्थायी प्रहरी पोष्ट मैलुङमा ठूलो क्षति पुगेको छ । बाढीले प्रहरी चौकी र भौतिक संरचनाको नामोनिसान छैन, केही क्षतविक्षत भएका छन् ।

प्रहरी वरिष्ठ हवल्दार राजु तामाङका अनुसार बिहान ८ः४५ बजेतिर स्याफ्रुबेँसी बजारमा कन्टेनर डिब्बाहरूको लाइन मिलाउने र इन्ट्री गर्ने काम भइरहेको अवस्थामा बाढीको त्यो त्रासदीपूर्ण भएको थियो ।

“बाढीले बजार डुबाउँदै गर्दा म छालमा परेको थिए । पानीको तीव्र बहावले मलाई निकै माथि हुत्याइदियो । करिब २–३ घण्टापछि होस् आउँदा म बजारभन्दा निकै टाढा पुगिसकेका थिए,” उहाँले त्यस दिनको घटना सम्झँदै भन्नुभयो, “ब्युँझिएर हेर्दा न त आफू कार्यरत प्रहरी चौकी थियो, न स्याफ्रुबेँसी बजार नै बाँकी थियो । सोही चौकीका अर्का घाइते प्रहरी जवान दिपेश भण्डारीले पनि सङ्घर्ष गर्दै कालको मुखबाट ज्यान जोगाउन सफल भएका थिए ।”

अस्थायी प्रहरी पोष्ट मैलुङमा कार्यरत प्रहरी हवल्दार रोशन विष्टले बाढी आउँदै गरेको खबर पाउनेबित्तिकै जलविद्युत् आयोजनाका कर्मचारीलाई सुरक्षित रहन खबर गर्न दौडिएको बताउनुभयो । तर, खबर गर्दागर्दै करिब ५०० मिटर माथिबाट आएको बाढीको लेदो र छालले उनीहरूलाई बगाएको उहाँले सुनाउनुभयो । आफूले विभिन्न आठ ठाउँमा ओत लाग्दै र हिलोमा सङ्घर्ष गर्दै भाग्यवश ज्यान जोगाएको बताउनुभयो । सोही पोष्टका प्रहरी सहायक हवल्दार दुर्गाबहादुर मगर उकालोतिर दौडिएर एउटा सुरक्षित स्थानमा अड्किएर बच्न सफल हुनुभएको थियो ।

टिमुरेमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार सन्तबहादुर थिङले त्यो दिनको बिहान सम्झना गर्दै भन्नुभयो, “हामी ड्युटीमै थियौँ । एक्कासी यति ठूलो बाढी आयो कि त्यो जमिनबाट नभई आकाशमै उडेर आएजस्तो देखिन्थ्यो ।” बाढी आएपछि ‘उकालो भागौँ, कतै ज्यान बच्छ कि’ भन्दै आफू र आफ्ना साथी प्रहरी हवल्दार ज्ञानबहादुर श्रेष्ठ पहाडतर्फ दौडिएर ज्यान जोगाउन सफल भएको उहाँले बताउनुभयो ।

बाढीले अर्बौँको भौतिक क्षति पुर्‍याउनुका साथै ठूलो सङ्ख्यामा सुरक्षाकर्मी र नागरिक बेपत्ता पारेपछि यतिबेला सम्पूर्ण रसुवा जिल्ला शोकमा छ । बेपत्ता इलाका प्रहरी कार्यालय टिमुरेका प्रहरी सहायक निरीक्षकलगायत अन्य प्रहरी कर्मचारीको खोजी अझै तीव्र रूपमा जारी राखिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

शुक्रबार, असोज १६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्णाली करिडोरअन्तर्गत हुम्लामा यातायात सञ्चालन, हिल्सा खण्ड अवरुद्ध
कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल
टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते
जनजीवनको पक्षमा ठोस उपलब्धि हुन सकेन : नेता थापा
प्रतिनिधिसभाः जेनजी आन्दोलनका दोषी र भ्रष्टाचार गर्नेलाई कारबाही गर्न नेता शाहीको माग

भर्खरै

  • १.
    कर्णाली करिडोरअन्तर्गत हुम्लामा यातायात सञ्चालन, हिल्सा खण्ड अवरुद्ध

  • २.
    कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

  • ३.
    कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

  • ४.
    भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला

  • ५.
    टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते

  • ६.
    जनजीवनको पक्षमा ठोस उपलब्धि हुन सकेन : नेता थापा

  • ७.
    प्रतिनिधिसभाः जेनजी आन्दोलनका दोषी र भ्रष्टाचार गर्नेलाई कारबाही गर्न नेता शाहीको माग

  • ८.
    प्रतिनिधिसभाः परराष्ट्रमन्त्री खनालबाट राष्ट्रसङ्घको महासभामा नेपालको सहभागिताबारे जानकारी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.