• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो

मनाङ पुगेका पर्यटक फर्किन थाले

सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल

मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ

बाढीले पाइपलाइन बगाउँदा बागलुङ बजारमा खानेपानी समस्या

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- सामाजिक नेतृत्व, सिंह- टाढाको यात्रा

  • २. राशिफल : तुला- भाग्योदय, कन्या- विजय

  • ३. राशिफल : कन्या- शत्रुबाट छुटकारा, मकर- परिश्रमको प्रतिफल

  • ४. झटारो : राजदूत बन्‍ने भएपछि किन रुँदैछन् रामदुलारे ?

  • ५. राशिफल : सिंह- पदोन्‍नति, कुम्भ- लाभै लाभ

  • ६. राशिफल : वृश्‍चिक- लाभदायक समय, तुला- प्रतिस्पर्धा

  • ७. राशिफल : कन्या- सुखानुभूति, वृश्‍चिक- लक्ष्‍य प्राप्ति

  • ८. विश्‍व घटना : मेक्सिकोमा २३ हजार वर्ष पुराना मानव पदचिह्न

  • ९. डुकुछापको खोरमा दोस्रो चितुवा

  • १०. बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने

मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ


    Avatar photo
मङ्गलबार, असोज १३, २०८३ मा प्रकाशित

लमजुङ- ढुङ्गाले छाएका घर, गुरुङ संस्कृति, स्थानीय परिकार र आत्मीय ग्रामीण जीवनशैली । वरिपरि हरियाली पहाड र शान्त वातावरण । लमजुङको क्व्होलासोथार गाउँपालिका–५ स्थित सिङ्दी गाउँ पुग्दा देखिने यिनै दृश्यले यहाँको मौलिक पहिचान झल्काउँछ ।

प्रकृति, संस्कृति र परम्परागत जीवनशैलीको सङ्गम सिङ्दी पछिल्लो समय ग्रामीण पर्यटनको गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।

विगतमा प्रचारप्रसारको अभावमा ओझेलमा परेको सिङ्दीमा विसं २०७६ देखि घरबास (होमस्टे) सञ्चालनमा आएपछि पर्यटकको आवागमन बढ्न थालेको हो । होमस्टे औपचारिक रूपमा भने विसं २०८१ मा दर्ता भएको हो । गाउँका २३५ घरमध्ये अहिले १८ घरमा घरबास सञ्चालन भइरहेको छ ।

सिङ्दी सामुदायिक होमस्टेका अध्यक्ष हुकुमबहादुर गुरुङका अनुसार यहाँ आउने पर्यटक प्रायःएकरात बस्ने गर्छन् ।  समूह बनाएर सवारीसाधन रिजर्भ गरी आउने पर्यटकको रोजाईको केन्द्र बनेको छ । नियमित रूपमा पर्यटक नआए पनि महिनामा करिब १०० जनासम्म पुग्ने उहाँले बताउनुभयो ।

“पहिला पर्यटक खासै आउँदैनथे । गुरुङ सम्पदा पदमार्गमा जोडिएपछि विस्तारै पर्यटक आउन थालेका छन्”, उहाँले भन्नुभयो, “विशेषगरी कलेजका युवा तथा विभिन्न समूह बनाएर आउनेक्रम बढेको छ ।”

गुरुङ समुदायको बाक्लो बस्ती रहेको सिङ्दीमा घाँटु, सोरठी र कृष्णचरित्रजस्ता मौलिक सांस्कृतिक कार्यक्रम पर्यटकलाई देखाउने गरिएको छ । गुम्बा तथा देवीस्थान मन्दिरजस्ता धार्मिक तथा सांस्कृतिकस्थल पनि यहाँका आकर्षण हुन् । होमस्टेमा स्थानीय उत्पादनबाट तयार पारिएका चामल, कोदो, सागसब्जी, लोकल कुखुरालगायत परिकारलाई प्राथमिकता दिइन्छ । एकरात बसाइको प्याकेजका लागि प्रतिव्यक्ति रु एक हजार १०० लिने गरिएको अध्यक्ष गुरुङले बताउनुभयो ।

सिङ्दीको पर्यटकीय सम्भाव्यता होमस्टेमा मात्र सीमित छैन । उक्त गाउँ गुरुङ सम्पदा पदमार्गसँग जोडिएको छ । कास्कीको ताङतिङ हुँदै क्रपु डाँडा, लमजुङका विभिन्न गुरुङ बस्ती पार गर्दै मनाङको तिमाङसम्म पुग्ने पदमार्गमा सिङ्दी पनि समेटिएको छ ।

पुरानो पैदल तथा व्यापारिक मार्ग, भेडीगोठ र खर्कलाई पर्यटनसँग जोड्ने यस पदमार्गमा अन्नपूर्ण, माछापुच्छ्रे«, लमजुङ, हिमलुङ, गणेश, हिमालचुली र मनास्लुलगायत हिमशृङ्खला अवलोकन गर्न सकिन्छ ।

सिङ्दीबाट कास्कीको मादी गाउँपालिका–२ स्थित क्रपु डाँडातर्फ पदमार्ग जोड्ने काम भइरहेको छ । यस क्रममा करिब एक हजार ३०० मिटर सिँढी निर्माण भइसकेको छ । बाँकी बाटोलाई व्यवस्थित गर्ने काम अघि बढाइएको छ ।

क्व्होलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङका अनुसार गाउँपालिकाले सिङ्दीको पर्यटन प्रवर्द्धनका लागि सडक तथा पदमार्ग विकासलाई प्राथमिकता दिएको छ । स्थानीय उत्पादनबाट अचारलगायत वस्तु तयार गर्ने तथा पर्यटनसँग सम्बन्धित सीपमूलक तालिम सञ्चालन गर्नुका साथै खेलकुद, सांस्कृतिक कार्यक्रम र प्रचारप्रसारलाई पनि जोड दिइएको उहाँले बताउनुभयो ।

धार्मिक पर्यटन प्रवर्द्धनका लागि गुम्बा तथा प्रवेशद्वारलगायत संरचना निर्माणको काम भइरहेको उहाँको भनाइ छ । पर्यटनसँगै गाउँको सामाजिक जीवनमा पनि परिवर्तन आएको स्थानीय बताउँछन् । छैसट्ठी वर्षीय योगप्रसाद गुरुङका अनुसार होमस्टे सञ्चालनपछि घरआँगनको सरसफाइ र घरको व्यवस्थापनमा स्थानीयको ध्यान बढेको छ । आम्दानीको स्रोत थपिनुका साथै गाउँको प्रचारप्रसार पनि बढेको उहाँले बताउनुभयो ।

“पहिला खेतीपातीमै बढी निर्भर हुनुपथ्र्यो । गाउँ पनि धेरै चिनिएको थिएन । अहिले होमस्टे सञ्चालन भएपछि आम्दानीको स्रोत थपिएको छ, पर्यटक आउन थालेपछि गाउँको प्रचारप्रसार पनि भएको छ”, उहाँले भन्नुभयो ।

सडक तथा पदमार्गको पहुँच विस्तार, होमस्टे सञ्चालन, स्थानीय सीप विकास र सांस्कृतिक गतिविधिसँगै सिङ्दी गाउँ पर्यटनको नयाँ गन्तव्यका रूपमा चिनिन थालेको छ । आधुनिक सुविधा विस्तार हुँदै गए पनि पुस्तौँदेखि जोगिँदै आएको संस्कार, संस्कृति, खानपान र ग्रामीण जीवनशैलीलाई संरक्षण गर्नसके सिङ्दीले आफ्नो मौलिकता कायम राख्दै पर्यटनबाट स्थानीय अर्थतन्त्रलाई थप बलियो बनाउनसक्ने देखिन्छ ।

 

मङ्गलबार, असोज १३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग
प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति
बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो
मनाङ पुगेका पर्यटक फर्किन थाले
सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल
बाढीले पाइपलाइन बगाउँदा बागलुङ बजारमा खानेपानी समस्या

भर्खरै

  • १.
    भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग

  • २.
    प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

  • ३.
    बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो

  • ४.
    मनाङ पुगेका पर्यटक फर्किन थाले

  • ५.
    सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल

  • ६.
    मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ

  • ७.
    बाढीले पाइपलाइन बगाउँदा बागलुङ बजारमा खानेपानी समस्या

  • ८.
    मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.