• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, असोज १२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : चीनमा संसारकै अग्लो पुल

राशिफल : सिंह- पदोन्‍नति, कुम्भ- लाभै लाभ

नदीले क्रुजसिप बगाएर पुलमा अड्काएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो

वर्षाको प्रभावः गोकर्णेश्वरमा श्राद्ध गराउने घटे

पहिरोले तनहुँका १८ घरमा क्षति

मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

पाल्पा पहिरोः पाँच जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- सामाजिक नेतृत्व, सिंह- टाढाको यात्रा

  • २. राशिफल : कर्कट- अवसर प्राप्ति, मीन- केही प्रतिस्पर्धा

  • ३. राशिफल : कन्या- शत्रुबाट छुटकारा, मकर- परिश्रमको प्रतिफल

  • ४. झटारो : राजदूत बन्‍ने भएपछि किन रुँदैछन् रामदुलारे ?

  • ५. राशिफल : वृश्‍चिक- लाभदायक समय, तुला- प्रतिस्पर्धा

  • ६. राशिफल : कन्या- सुखानुभूति, वृश्‍चिक- लक्ष्‍य प्राप्ति

  • ७. राशिफल : सिंह- पदोन्‍नति, कुम्भ- लाभै लाभ

  • ८. डुकुछापको खोरमा दोस्रो चितुवा

  • ९. विश्‍व घटना : मेक्सिकोमा २३ हजार वर्ष पुराना मानव पदचिह्न

  • १०. चीनको ग्वाङ्दोङमा कपडा कारखानामा आगलागी, ८ जनाको मृत्यु

अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प


    Avatar photo
शनिबार, असोज १०, २०८३ मा प्रकाशित

भोजपुर- केही दिनदेखि परेको अविरल वर्षाका कारण भोजपुर जिल्लाको समग्र जनजीवन कष्टकर बनेको छ । लगातारको झरीका कारण पहाडी सडकखण्डमा यातायात सेवा ठप्प हुँदा आवागमनमा सास्ती भएको हो ।

वर्षाका कारण ग्रामीण क्षेत्रका कच्ची सडकहरू हिलाम्य हुनुका साथै ठाउँठाउँमा पहिरो जाँदा आवतजावत पूर्ण रूपमा प्रभावित भएको छ । ग्राणीण क्षेत्रमा यातायात तथा ढुवानी सेवा बन्द भएपछि दैनिक उपभोग्य खाद्य सामग्री ढुवानीमासमेत समस्या भएको छ । सवारीसाधन नचल्दा बिरामी तथा अशक्त नागरिकलाई उपचारका लागि अस्पतालसम्म पुर्‍याउन कठिन भइरहेको टेम्केमैयुङ गाउँपालिका-५ मझौलेका स्थानीय धनराज राईले बताउनुभयो ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै भोजपुर सदरमुकामबाट उत्तरी क्षेत्रको षडानन्द नगरपालिका तथा दक्षिणी क्षेत्रको बैकुण्ठे हुँदै हतुवागढी र आमचोक गाउँपालिका जोड्ने सडकखण्डमा असोज ८ गतेदेखि यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

साथै मध्यपहाडी लोकमार्गमा रातको समयमा हुन सक्ने सम्भावित दुर्घटना र पहिरोको जोखिमलाई न्यूनीकरण गर्न बेलुका ७ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म अत्यावश्यक बाहेकका सबै यातायात सञ्चालनमा प्रतिबन्ध लगाइएको छ ।

वर्षाले धानबालीसमेत क्षति पुर्‍याएको स्थानीय किसान बताउँछन् । भोजपुर नगरपालिका-४ दावा पशुपालन कृषक एकिन्द्रबहादुर विष्टले अविरल वर्षा र हिलोका कारण धानबालीसँगै व्यावसायिक पशुपालनमासेमत असर पुगेको बताउनुभयो । निरन्तरको वर्षात्ले पशु चौपायालाई घाँस-पात र दानापानीको व्यवस्थापन गर्न झनै समस्या परेको उहाँको भनाइ छ ।

जिल्लाका पहाडी भू-भाग तथा संवेदनशील क्षेत्रहरूमा पहिरोको त्रास बढेकाले उच्च जोखिममा रहेका बस्तीहरूलाई विशेष सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । सम्भावित विपद्को व्यवस्थापन, अनुगमन र उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय तहका प्रतिनिधिहरू तयारी अवस्थामा रहेका छन् ।

स्थानीय प्रशासनले विपद्को यो कठिन समयमा अति आवश्यक कामबाहेक यात्रा नगर्न र खोलानाला तथा पहिरोग्रस्त क्षेत्र आसपास नजान सर्वसाधारणलाई विशेष सूचित गरेको छ ।

 

शनिबार, असोज १०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : चीनमा संसारकै अग्लो पुल
राशिफल : सिंह- पदोन्‍नति, कुम्भ- लाभै लाभ
नदीले क्रुजसिप बगाएर पुलमा अड्काएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो
वर्षाको प्रभावः गोकर्णेश्वरमा श्राद्ध गराउने घटे

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : चीनमा संसारकै अग्लो पुल

  • ३.
    राशिफल : सिंह- पदोन्‍नति, कुम्भ- लाभै लाभ

  • ४.
    नदीले क्रुजसिप बगाएर पुलमा अड्काएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

  • ५.
    सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो

  • ६.
    वर्षाको प्रभावः गोकर्णेश्वरमा श्राद्ध गराउने घटे

  • ७.
    पहिरोले तनहुँका १८ घरमा क्षति

  • ८.
    मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.